वार्ता छाडेर देशद्रोह र विखण्डनका नारा लगाउनेलाईकानुनले नछोड्नेः प्रधानमन्त्री ओली
मधेसीको मागले पश्चिमको सीमाकंन हेरफेर हुन्नः उपप्रम रावल
संविधान वारे जानकारी दिन नेकपा (एमाले) ले सेती महाकाली अञ्चलद्धारा आयोजित आमसभामा जनतालाई
अभिवादन गर्दे प्रधानमन्त्री तथा एमाले केपीशर्मा ओली । तस्वीर : प्रकाश शाह
अत्तरिया (कैलाली), पुस ३ गते । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा
ओलीले सरकार वार्ता र सहमतिबाटै समाधान खोजिरहेको बताउदै तर देशद्रोह र विखण्डनका
नारा लगाउनेलाई कानुनले नछोड्ने बताउनु भएको छ ।
संविधानबारे जानकारी दिन नेकपा (एमाले) ले कैलालीको अत्तरियामा आयोजना गरेको
जनसभालाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सरकारले वार्ता गरिरहेको छ त्यसबाट
समाधान हुन्छ भन्ने विश्वास छ त्यसो गर्दा पनि भएन भने कानुन कार्यान्वयन गर्ने हिसाबले
अघि बढ्छौ भन्नुभयो ।
‘संविधान संशोधनको खास अर्थ छैन तर धेरैले संविधान संशोधन गरिए समाधान हुने बताएकोले
सरकार देशलाई नोक्सान नहुने गरेर संविधान संशोधन गर्न लागि रहेको छ’ उहाँले भन्नुभयो ।
नेपालको जस्तो समावेशी र अधिकार सम्पन्न संविधान संसारमा कही छैन । हाम्रो
संविधानमा ३३ प्रतिशत महिला र ४५ प्रतिशत पछाडि पारिएका समूदायलाई आरक्षण दिने
व्यवस्था गरिएको छ प्रधानमन्त्रीले उदाहरण दिदै भन्नुभयो संसारको कुन संविधानमा यति
ठूलो आरक्षण छ ?
संविधान वारे जानकारी दिन नेकपा (एमाले) ले सेती महाकाली अञ्चलद्धारा आयोजित आमसभाको मञ्चमा प्रधानमन्त्री
तथा एमाले केपीशर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री भीम रावल लगायत । तस्वीर : प्रकाश शाह
‘संविधानले के दियो भनेर जनतालाई उचालिएको छ,’ उहाँले भन्नुभयो । संविधानले दाल,
चामल दिने होइन अधिकार दिने हो अधिकांश समय संविधानका बारेमा बोल्नु भएका
प्रधानमन्त्री ओलीले भन्नुभयो– संविधान वन्न नदिन चाहने तत्वहरु संविधान वनेपछि क्रुद्ध भएर
अनेकौ हर्कत गरिरहेका छन ।
‘मधेसका समस्या के हुन मैले बुझेको छैन्’ उहाँले भन्नुभयो– त्यत्तिकै भ्रम फैलाएर हिड्न मिल्दैन ।’
टाठाबाठा जमिन्दारले आफ्ना छोराछोरी देश विदेशका राम्रा स्कुलमा पढाएका छन
मधेस आन्दोलनतर्फ संकेत गर्दे उहाँले भन्नुभयो तर गरिबका छोराछोरी पढ्ने स्कुल बन्द गराएका
छन यस्ता कुरा जनताले बुझ्नुपर्छ ।
देशलाई रुवान्डा वनाउन खोज्ने प्रवृतिले टीकापुर घट्ना गराएको चर्चा गर्दे प्रधानमन्त्रीले
तर पनि यहाँका जनता समालिएर सद्भाव कायम राखे यसका लागि कैलालीबासीप्रति
आभारी छु भन्नुभयो । उहाँले प्रहरी मार्नु र घरघरमा आगो लगाउनु निक्कै निन्दनिय कार्य
भएको भन्दै दुःख व्यक्त गर्नुभयो ।
संविधान वारे जानकारी दिन नेकपा (एमाले) ले सेती महाकाली अञ्चलद्धारा आयोजित आमसभामा उपस्थित जनसमूदाय ।
तस्वीर : प्रकाश शाह
नयाँ संविधान आएपछि भ्रम छरेर अलमलाएर साम्प्रदायिक नारा लगाएर काटमार गर्न
खोजिएको छ त्यसमा केही अलमलिनु हुन्न प्रधानमन्त्रीले आव्हान गर्नुभयो । ‘भ्रममा नपर्नुस
अहिलेको संविधान अचानक, रातारात, एकैचोटी आएको होइन’ प्रधानमन्त्रीले अनुरोध गर्दे
भन्नुभयो– ‘विधी, प्रक्रिया पुर्याएर संविधान आठ वर्षको मेहनतले आएको हो ।’ मुलुक एक सय
२५ जात र एक सय २३ भाषाभाषीको मुलुक भएको स्मरण गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
नेपाली जनताको देशभक्ति र सहनशिलताको प्रशंसा गर्न चाहन्छु प्रधानमन्त्रीले गम्भीर हुँदै
भन्नुभयो हाम्रो सार्वभौम सत्ता सवैले मान्नुपर्छ भनेर जनताले एकमुष्ट जवाफ दिएका छन ।
संविधान वारे जानकारी दिन नेकपा (एमाले) ले सेती महाकाली अञ्चलद्धारा आयोजित आमसभामा थारु संस्कृति देखाउदै
थारु युवतीहरु । तस्वीर : प्रकाश शाह
उहाँले अहिलेको समस्या अस्थायी भएको चर्चा गर्दे अव मुलुक विकास र उन्नतीको वाटोमा
दौडीसकेको बताउदै सुदूरपश्चिममा थुप्रै सम्भावना छन त्यसैले यहाँका जनता अरुले गराउने
झगडामा नअल्झिएर विकासका लागि अघि वढ्नुपर्छ भन्नुभयो ।
सोही अवसरमा बोल्दै उपप्रधान तथा रक्षामन्त्री भीमवहादुर रावलले ९२ प्रतिशतको
सहभागिता र सर्मथनमा वनेको संविधानलाई सवैले स्वीकार्नु पर्ने वताउदै मधेसीको मागले
पश्चिमको सीमाकंन हेरफेर नहुने वताउनुभयो । उहाँले अत्तरिया सभामा दर्जनौ सस्कृतिको
प्रदर्शन सहित आएका थारु समूदायले एकताको सन्देश दिएको वताउनुभयो ।
सो अवसरमा वोल्दै थारु नेता हनुमान चौधरी, चुनकुमारी चौधरी, नारदमुनी राना,सभासद
कृपाराम रानाले नयाँ संविधान थारु, मधेसी, जनजाति र सवै नेपालीको हीतमा रहेको
चर्चा गर्नुभयो । थारु नेताहरुले उक्साहट र भुलभुलैमा नपर्ने थारु समूदायलाई आग्रह पनि
गर्नुभयो ।
एमालेका केन्द्रीय सदस्य तथा सेती इन्चार्ज महेश्वर पाठकको अध्यक्षतामा भएको सभामा
वैकल्पीक पोलिटव्यूरो सदस्य कर्णवहादुर थापा, केन्द्रीय सदस्य गरिमा शाह, कैलालीका
अध्यक्ष दीर्घ सोडारी, कञ्चनपुरका अध्यक्ष तारालामा तामाङले वोल्नु भएको थियो ।
सो अवसरमा जनपरिचालन उपसमितिका संयोजक समेत रहेकी गरिमा शाहले आमसभा आफ्नो
लक्ष्य पुरा गर्न सफल भएको वताउदै सभामा उपस्थित ५० भएका हजार वढी जनतालाई
धन्यवाद दिनुभयो


0 comments
प्रतिक्रिया दिनुहोस्...