-->
मन्त्रीको साइकल उपहारः प्रचार कि अभियान ?


पुस १५
काठमाडौं–भारतको
नाकाबन्दीपछि मुलुकमा पेट्रोलियम
पदार्थको संकट भइरहेको तथा
प्रभावकारी रुपमा आयात गर्ने संयन्त्र
नबनिरहँदा जनसंख्या तथा वातावरण
मन्त्रालयले आम रुपमा लागू हुनै नसक्ने
अभियान सुरु गरेको छ ।
काठमाडौंको उपत्यकाको सडक
साइकल मैत्री नभएको तथा साइकल
चढ्नेहरुले सहज रुपमा स्वीकार नगरिरहेको
भएपनि जनसंख्या तथा वातावरण
मन्त्री विश्वेन्द्र पासवान भने आफ्नो
मार्केटिङमा लागेका छन् । मन्त्री
पासवानको कदमलाई उनकै
मन्त्रालयका अधिकारीहरुले पनि मन
पराएका छैनन् ।
मन्त्री पासवानले मंगलबारमात्रै
प्रधानमन्त्री केपी शर्मा ओली र
एमाओवादी अध्यक्ष प्रचण्डलाई
साइकल उपहार दिएका थिए । सोहि
क्रमलाई निरन्तरता दिँदै उनले आज
कांग्रेस सभापति सुशील
कोइरालालाई साइकल उपहार दिए ।
‘उनको यो अभियान जायज नै भएपनि
काठमाडौंको धरातलीय यथार्थले भने
साइकल मैत्री नभएको देखाएको छ । ’
मन्त्रालयका कर्मचारीहरुले भन्ने गरेका
छन् ।
उपहारमा दिएको साइकल नत नेताले
चढ्छन् न त त्यसको प्रयोग हुन्छ । साइकल
उपहार पाएपछि तस्वीर खिचेर नेताहरुले
चर्चा बटुलेका छन् । निवास परिसरमै
केवल चर्चाका लागि साइकल चढेका
शीर्ष नेताले उक्त अभियानलाई सार्थक
बनाउन खोजेका हुन् त ? मन्त्री
पासवान भन्छन्, ‘यो अभियान हो चढ्ने
नचढ्ने उहाँहरुको खुसी ।’
मन्त्रालयले किनेको १० ओटा
साइकलमध्ये तीन ओटा मन्त्री
पासवानको निवासमा छन् ।
कहिलेकाही उनी आफु र दुई
सुरक्षाकर्मीलाई साईकल
चढाएरसडकमा पनि निस्कन्छन् ।
मन्त्रालयकै सचिव डाक्टर कृष्णचन्द्र
पौडेलले २ वटा साइकल आफै राखेका छन्
। सचिव पौडेल आफु भने साइकल चढदैनन् ।
तीन वटा साइकल शीर्ष नेतालाई
दिएका मन्त्री पासवानसँगै अझै दुई वटा
साइकल वाकी छन् । उनले एउटा
उपराष्ट्रपतिलाईदिने योजना
बनाएका छन् ।
यसअघि मन्त्री पासवानले विश्व
वातवरण दिवसमा मन्त्री क्वाटरदेखि
सिंहदरवारसम्म साईकल यात्रा गरेका
थिए ।रातो पाटीबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.