-->
मान्छे बँचाउन कपडा माग्दै डाक्टर


पुस १५
काठमाण्डौ । भूकम्पपिडीतलाई
बचाउन डा. रविन्द्र पाण्डेले कपडा
संकलन शुरु गरेका छन् । देशका विभीन्न
ठाउँमा चिसोका कारण
भुकम्पपिडीतहरुको मृत्यू हुन थालेपछि
डा.रविन्द्र समिर कपडा संकलन
अभियानमा लागेका हुन् । सामाजिक
सेवाका लागि सिर्जनशिल युवाशक्ति
अभियानमार्फ उनी कपडा संकलन
अभियानमा लागेका हुन् । उनको यो
अभियानलाई विश्वदर्शन अभियानले
पनि साथ दिएको छ ।
‘एकहप्ताभरीमा दश हजार
भूकम्पपीडितलाई न्यानो कपडा संकलन
गरेर मिनी ट्रक र खच्चडमार्फत कपडाहरु
त्यहाँ पुग्नेछन !’ डा. पाण्डेले भने ‘त्यस्तै
रसुवा, धादिङ्ग, दोलखा,
सिन्धुपाल्चोक र नुवाकोटको लागि
तयारि गर्दैछौं !’
विश्वदर्शन अभियानले पनि
सार्वजनिक सूचना गरी नयाँ पुराना
रगाउन मिल्ने कपडा तथा ओड्ने
ओछ्याउने संकलन केन्द्र स्थापना गरेको
छ । बानेश्वर संखमुल जानेतिर, जनता बैंक
नजिक, लिभरपुल कलेजसंगै रहेको विश्व
दर्शन केन्द्रको कार्यालयमा कपडाहरु
जम्मा गर्न सकिने सो संस्थाले
जनाएको छ । ‘शनिबारसम्म नयाँ वा
धोएर, चेन, टाँक मर्मत गरेर लगाउन मिल्ने
पुराना न्याना कपडा आफैले
पुर्याइदिनुहोला ! हामीले ती
न्याना कपडाहरु दर्दनाक अवस्था
रहेका भूकम्पपिडित क्षेत्रमा पुर्याउने
छौं !’ विश्वदर्शन संस्थाका नारायण
नवराज भट्टराईले संयुक्तरुपमा आह्वान गरे
। उनीहरुले ब्ल्यांकेट, स्लीपिंग ब्याग,
ज्याकेट, स्विटर, उनिको टोपी,
गलबन्दी, मोजा, ट्राउजर, जुत्ता,
चोली, पछ्यौरा संकलन गरीरहेको
बताए । कपडा दिन चाहनेले ९८५११९५०१८,
९८६०७०९९८२ र ९८४९९८६१६२ नम्बरमा
सम्पर्क गर्न पनि उनीहरुले आग्रह गरेका
छन् ।
कालो इन्धन, जाडो मौसम, आफ्नो
काम समेत छाडेर प्रतिकिलो २५ देखि
५० रुपैया खच्चडको भाडा तिरेर समेत
गाउँगाउँ पु¥याउने उनीहरुले बताए ।
त्यसका लागि संकलन तथा वितरण
केन्द्रसम्म कपडा पु¥याईदिन उनीहरुले
सबैलाई अनुरोध गरेका छन् ।
सिन्धुपाल्चोकको ठोकर्पा गाउँमा
चिसोको कारण हालसम्म ८ जनाको
मृत्यु भएको र धेरै समस्यामा परेको
थाहा पाएर हामीले ठोकर्पा युवा
बिकास समाजका पदाधिकारी
गौतम भण्डारी मार्फत ५ सय जना
पिडितलाई भर्खरै न्याना कपडा
पठाईसकेका छन् । गोरखाका
गोरखाको दुर्गम गाउँ केरौंजीका ६ सय
बालबालिकालाई न्याना कपडा
तयार गरीसकेको र अव अन्य जिल्लाका
लागि संकलन गरीरहेको डा. पाण्डेले
बताए ‘सम्पूर्ण संघसंस्था, पार्टीका
भातृ संगठन एबम सबैमा आआफ्नो
ठाउँबाट खटेर भूकम्पपीडितलाई
न्याना कपडा वितरण गर्नुहुन अनुरोध
गर्दछु !’ पाण्डेले भने ।रातो पाटीबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.