प्रमोदको गीतमा ‘झुमा’ बनिन् प्रियंका
नायिका तथा मोडल प्रियंका कार्की झुमा बनेकी छिन् । उनी गायक प्रमोद खरेलको आवाजम समावेश ‘ओइ झुमा
झुम्कावाली’ बोलको गीतमा झुमा बनेकी हुन् ।
भिडियो निर्देशनमा आफ्नो छुट्टै पहिचान बनाएका निर्देशक नितिन चन्दले यो भिडियो निर्देशन गरेका हुन् ।
भिडियोमा आमिर शेख, सुधिर खनाल, सुजन रेग्मी र सौरभले मोडलिङ गरेका छन् ।
अर्जुन पोख्रेलको संगीतमा तयार भएको गीतमा शित्तल कादम्बिनीको शब्द छ । सार्वजनिक भएको छोटो समयमा नै यो
भिडियोले युटुबमा चर्चा पाइसकेको छ ।
गायक खरेलका गीतहरु चर्चामा रहने भएकाले पनि श्रोता तथा दर्शकले खोजी खोजी हेर्ने गरेको पाइन्छ

0 comments
प्रतिक्रिया दिनुहोस्...