किन पुगे नेपाल प्रहरी र सशस्त्र
प्रहरीका महानिरीक्षक
अख्तियार ?
काठमाडौं, १३ पुस । भ्रष्टाचारविरुद्ध अख्तियार
दुरुपयोग अनुसन्धान आयोगले आफ्ना गतिविधिलाई
सक्रिय बनाइ रहेका बेला आज अचानक नेपाल
प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र
सशस्त्र प्रहरी बलका काम महानिरीक्ष दुर्जकुमार
राई अख्तियार कार्यालय पुगेका छन् ।
अपरान्ह तीन बजे अख्तियारको कार्यालय
नक्सालमा पुगेका उनीहरुसँग मुलुकको पछिल्लो
शान्ति सुरक्षा र अन्य विविध विषयमा छलफल हुने
स्रोतले जनाएको छ ।
आइतबार सशस्त्र प्रहरीका तीन पूर्व
महानिरीक्षकहरुलाई बोलाएर भ्रष्टाचार
अभियोगमा बयान लिएको थियो ।
पूर्व महानिरीक्षकको बयान लिइरहेका बेला
नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई बहालवाला
महानिरीक्षक अख्तियार कार्यालय पुग्नुलाई
महत्वका साथ हेरिएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...