-->
यौनइच्छा लामो भए हुन्थ्यो


- करुणा कुँवर, मनोविद
पुस २९,
म विवाहित पुरुष हुँ, मलाई यौनइच्छा लामो समय वा पटक–पटक भए हुन्थ्यो जस्तो लाग्छ, तर एकपटकको चरम सन्तुष्टि
पछि फेरि इच्छा जगाउन सक्दिनँ । मैले सुनेको थिएँ, महिलामा भने एक वा दुई पटकसम्म पनि चरम सन्तुष्टि हुन्छ । के यो सही
हो ? के यस्तो समस्याको कुनै हल छ ?
ब.
यस्तो जिज्ञासा तपार्इंलाई मात्र होइन, अरूहरूलाई पनि हुन्छ । १९६६ को प्रख्यात पुस्तक ‘ह्युमन सेक्सुअल रेस्पोन्स’ मा
उल्लेख भएअनुसार यौनसम्बन्धमा राम्रोसँग समायोजन गरिसकेका महिलाहरूले एकै पटकको यौन क्रियाकलापमा कम्तीमा
पनि ३ देखि ४ पटकसम्म चरम आनन्द लिन सक्छन्, तर त्यसो भन्दैमा सबै महिलाले चरम आनन्द लिन सक्छन् भन्ने हुँदैन । कतिपय
महिलालाई दुई–तीन पटक यौन सन्तुष्टि होस् भन्ने चाहना हुन्छ भने कतिपयलाई एकपटक नै पर्याप्त हुन्छ । कतिपय
महिलामा चरम सन्तुष्टिमा नपुग्ने समस्या हुन सक्छ भने कतिपय महिलाले जीवनकालभरी नै चरम सन्तुष्टि प्राप्त गर्न
नसकेको गुनासो पनि गर्ने गरेका छन् ।
अनुसन्धानहरूअनुसार ४२ प्रतिशत महिलामा कहिलेकाहीं चरम सन्तुष्टिमा पुग्न नसक्ने समस्या हुन्छ र १० प्रतिशत महिलाले
आफ्नो जीवनकालभरि एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको कुरा उल्लेख गरेका छन् । ती महिलाले आफ्नो जीवनकालमा
एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको वा कहिलेकाहीं मात्र चरम सन्तुष्टि लिएको अनुभव गरेका हुन्छन् ।
पुरुषहरूले पनि चरम सन्तुष्टि लिन सक्छन् कि सक्दैनन् भन्ने कुराको चासो
धेरैमा छ । एकै पटकको यौन क्रियाकलापमा धेरै पटक यौन सन्तुष्टि
नहुनुको पछाडि रिफ्रेक्टरी अवस्था चरम यौन आनन्द हुनेबित्तिकै हुने हुँदा
हो । रिफ्रेक्टरी अवस्थाको कुनै निस्चित समय हुँदैन, त्यसैले उक्त
अवधिभरि फेरि चरम यौन सन्तुष्टि नहुन सक्छ । बढी उमेरको पुरुषमा भन्दा
कम उमेरको पुरुषमा यो अवस्था कम समयका लागि हुन सक्छ ।
वैज्ञानिकहरूले पनि यस्तो किन हुन्छ भन्ने तर्क गर्दा चरम यौन
आनन्दपश्चात् शरीरमा आउने हार्मोन तथा रसायनिक परिवर्तनका कारण
भन्ने गरेका छन् । धेरै पटकको चरम यौन सन्तुष्टि भन्दैमा धेरै पटक वीर्य स्खलन
हुनुपर्छ भन्नेचाहिँ होइन । चरम यौन सन्तुष्टि र वीर्य स्खलन दुई फरक कुरा
हुन् । चरम यौन आनन्द अर्थात् अग्र्याज्म भन्नाले यौनांगमा धेरै पटक
आनन्दको अनुभुतिसँगै मांसपेसी खुम्चनु हो, तर वीर्य स्खलन भन्नाले
शरीरबाट तरल पदार्थ निस्कनु हो ।
अब अन्य कारण पनि हुन सक्छन् कि त्यसको चर्चा गरांै । जैविक कारणमा
जीर्ण रोग जसले नशामा असर गरेको हुन्छ वा कुनै रसायनिक वा
औषधिको लामो समयसम्मको प्रयोगले पनि चरम यौन सन्तुष्टि नभएको
हुन सक्छ । मनोवैज्ञानिक कारणमा दिक्दारीपन, चिन्ता, यौन रोग,
गर्भ रहने डरजस्ता पक्षहरूको भूमिका हुन्छ । सामाजिक कारणमा पार्टनरसँग कम कुराकानी हुने वा हुँदै नहुने, एक–अर्काबीच
झगडा भैरहने वा सांस्कृतिक वा धार्मिक विश्वास जसमा यौन इच्छालाई प्रकट गर्न नहुने मान्यता हुन सक्छ । त्यस्तोमा
पनि चरम सन्तुष्टिमा पुग्न नसक्ने हुन सक्छ । त्यसकारण यीमध्ये कुन कारण हो त्यसलाई पत्ता लगाउन आवश्यक हुन्छ र जुन
कारण हो त्यसअनुसार उपचार गरिनुपर्छ ।
यदि माथि उल्लेखित कुराभन्दा तपार्इंको विषय फरक छ भने मनोविद् वा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ ।
किनभने यसो हुनुका पछाडि मनोवैज्ञानिक पक्षहरू पनि लुकेका हुन्छन् ।
साभार - कान्तिपुर साप्ताहिक



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.