-->
पहिलो यौन सम्पर्क महिलाका लागि कष्टप्रद :जानकारी.....


पहिलोपटकको यौनसम्पर्क तपाईंले
सोचेसरह राम्रो नहुन सक्छ । वास्तवमा
भन्नुपर्दा यसलाई लिएर धेरै नै डर हुने गर्दछ
। डा. महिन्दर वात्साले पहिलो पटक
कसैसँग शारिरिक रुपमा नजिक हुँदा के
कुरा आशा गर्ने र नगर्ने भन्ने कुरा
बताएका छन् ।
१. धेरैपटक स्लिप हुन सक्छ
सबैजनाले आफ्नो पहिलो सम्पर्क
गल्तीरहित होस् भन्ने चाहन्छन् । अझ कसैले
त यसलाई कथाको पात्रसँग दाँज्नेसमेत
गर्दछन् । यस्तो सोच्नु गलत भने होइन तर
गल्ती नै हुनुहुँदैन भन्ने सोच्नु चाँहि गलत
हो । पुरुषहरुले यौन सम्पर्कको समय
लम्बियोस् भन्ने चाहन्छन्, तर, यदि
उनीहरु चरमोत्कर्षमा चाँडै नै पुगेको
खण्डमा गल्ती नै भयो भनेर सोच्नु हुँदैन ।
कसैको लिङ्ग उत्तेजनामा पनि समस्या
आउनसक्छ तर त्यतिबेला आफू सेक्सको
लागि योग्य छैन भन्ने भ्रम मनमा
आउनसक्छ । यदि तपाईंले यस्तो सोच्नुहुन्छ
भने यो तपाईंको गल्ती हो । यस्तो
अवस्थामा तपाईंले आफ्नो पार्टनरसँग
प्रशस्त पाक्क्रिडा गरेर अन्त्य
गर्नसक्नुहुन्छ । यदि कुनै कारणले तपाईं आफ्नो पहिलो सम्पर्कमा असफल हुनुभयो भने त्यहाँ जहिले पनि दोस्रो मौका हुन्छ ।
यदि कुनै पुरुषले हस्तमैथुनद्वारा आफ्नो लिङ्ग उत्तेजित गर्नसक्छ, उक्त मानिस सामान्य अवस्थामा भएको बुझ्नु पर्दछ ।
२. हो, यो पीडादायी हुनसक्छ, तर पर्खनुहोस्
महिलाका लागि पहिलो पटकको यौनसम्पर्क अलिकति पीडादायी हुनसक्छ, तर पर्खनुहोस्, यो डराउनुपर्ने पीडा भने
होइन । धेरैजस्तो अवस्थामा यस्तो पीडा औंला पड्काउँदाको पीडासरह हुन्छ । यद्यपि, पीडाको डरले नै यौनसम्पर्कको
प्रक्रियालाई पुरै खराब गर्दछ । यौनसम्पर्क सुरु गर्नुभन्दा पहिले आफ्नो पार्टनरले आफूसँगको सामिप्यतालाई सहज रुपमा
लिइरहेको छ कि छैन त्यो याद गर्नुहोस् अनि मात्र प्रक्रियालाई बिस्तारै अगाडि बढानुहोस् ।
३. रगत आउनसक्छ र नआउन पनि सक्छ
पहिलो सम्पर्कमा महिलाको योनीबाट रगत बग्नै पर्छ भन्ने कुरालाई सम्भवतः अन्धबिश्वासको रुपमा खडा भएको छ ।
योनीमा भएको पातलो झिल्ली टुटिसकेपछि रगत बग्ने गर्दछ, तर, पुरुषहरुले किन त्यो पातलो झिल्लीलाई कुमारीत्वको
संज्ञा दिन्छन् ? कडा व्यायाम, साइक्लिङ गर्दा यो पातलो झिल्ली टुट्न सक्छ, कोही महिलाको जन्मजात नै यस्तो
झिल्लीको विकाश नभएको हुनसक्छ । यदि यस्तो विषयमा आफ्नो पार्टनरमाथि कुनै शंका छ भने पहिले नै कुरा गर्नुहोस्
बेडमा भएको बेला होइन ।
४. गर्भनिरोधक
एक गलत पाइलाले गर्भ बस्न सक्ने खतरा हुनसक्छ । सम्पर्कको बेला लिङ्ग निकाल्ने प्रक्रिया वा महिलाको
महिनावारीमा पूर्ण रुपमा भर नपर्दा राम्रो हुन्छ । अविवाहित जोडिहरुले कण्डमको प्रयोग गर्नुपर्ने हुन्छ ।
५. पहिलो पटकको सम्पर्क अव्यवस्थित हुन सक्छ
जब एक अर्काको शरिरको तरल पदार्थ साटिन्छ, त्यस्तो अवस्थामा वातावरण अव्यवस्थित हुनसक्छ । यसको लागि कुनै
दोस्रो उपाय छैन । चाहे तपाईं गर्नुस् या नगर्नुस् । यस्तो कुराको धेरै चिन्ता नलिनुहोस् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.