७ आन्दोलनकारी घाइते, एक गम्भीर
वीरगन्ज, २२ पुस । तीन महिनादेखि बन्द देशकै प्रमुख वीरगञ्ज नाका अवरोध गरी
बसेका धर्नाकारीमाथि भारतीय समूहले फेरि आक्रमण गरेको छ ।
आक्रमणबाट ७ जना आन्दोलनकारी घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर
छ ।
नाकामा धर्नामा बसेका आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्तामाथि
भारतबाट आएका आक्रोशित स्थानीय र व्यापारीको २०–२५ जनाको समूहले
बुधबार विहान १० बजे आक्रमण सुरु गरेका थिए । आधा घण्टासम्म दुबैपक्षबीच झडप
भएको प्रहरीले जनाएको छ ।
दुबै पक्षबीच ढुंगा हानाहान भएपछि वीरगन्ज नाका तनावग्रस्त बनेको छ ।
पर्साका प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले दुबै पक्षबीच झडप भएको पुष्टि गरे ।
भारतीय समूहले धर्नाकारीतर्फ पेट्रोल बम समेत प्रहार गरेका छन् । भारतीय
प्रहरीले दोहोरो झडप भएपछि भारत तर्फका आन्दोलनकारीलाई फिर्ता लगेको
छ ।
मोर्चाका कार्यकर्ताले भारतीय तस्करहरूले आफ्ना सामान छुटाउनका लागि
आफूहरूमाथि आक्रमण गरेको बताएका छन् । यसअघि पनि भारतीय समूहले पटक पटक
मोर्चाका कार्यकर्तामाथि मितेरी पुलमा आक्रमण गर्दै आएका थिए । फाइल तस्वीर

0 comments
प्रतिक्रिया दिनुहोस्...