-->
भारतलाई अर्काे झटका : नेपालले अब चिनसंगै तेल खरिद गर्ने लिखित सम्झाैता


काठमाडौं , १८ फागुन । पाँच महिना लामो नाकाबन्दीपछि केही सहज भए पनि भारतले अझै मागको ७० प्रतिशत भन्दा बढी इन्धन दिएको छैन । इण्डियन आयल कर्पोरेशनसँग तेलको मात्रा बढाउन पटक पटक आग्रह गरिए पनि नेपालले मागेजति तेल दिएको छैन ।
निगमका अधिकारी चीनसँग पेट्रोलियम खरिदका लागि भएको समझदारीका कारण भारते पर्याप्त इन्धन नदिएको बताउँछन् । सरकारले कात्तिकमा कुल इन्धन आयातको एक तिहाई परिमाण चीनबाट ल्याउने सभझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।
‘पेट्रोलियम पदार्थ बढाउन दिनहुँजसो टेलिफोन र इमेलमार्फत आईओसीलाई आग्रह गरेपनि माथिको आदेश नभएको भन्दै परिमाण बढाउन मानिरहेको छैन,’ आयल निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरे भन्छन् ।आजको कारोबार दैनिकमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.