-->
प्रथम विश्व कीर्तिमानी नेपाली महिला प्रतिष्ठा अमात्य (विष्ट) भन्छिन्, ‘आफूभित्र असाधारण क्षमता छ भन्ने स्वंयमलाई ज्ञान थिएन’


फागुन १६ |
वाशिंगटन डिसी–सन् २००४ मा विश्वलाई चकित बनाँउदै अद्भुत निहित प्रतिभा देखाउँदै नेपाल र नेपालीको शिर उच्च बनाउने प्रथम विश्व कीर्तिमानी नेपाली महिला प्रतिष्ठा अमात्य (विष्ट) ले भनिन्, ‘आफुूभित्र असाधारण क्षमता छ भन्ने स्वयम्लाई ज्ञान थिएन ।’
उनले वौद्धिक विधा अन्तर्गत अद्भूत स्मरण क्षमता प्रदर्शन गर्दै सन् २००४, मार्च २५ मा गिनिज विश्व किताबमा आफ्नो नाम नेपालको इतिहास मै सम्पूर्ण महिलाको प्रतिनिधित्व गर्दै गिनिज वल्र्ड रेकर्ड्स प्रमाणपत्र प्राप्त गर्न सफल भईन् ।
कुराकानीमा १२ बर्ष सम्म हराउनुभयो ? र, कुनै नयाँ किर्तिमानको लागि केहि मष्तिस्कमा कुराहरु उब्जिरहेका त छैनन् भन्ने सवालमा अमात्यले भनिन्, ‘आफू एक गृहणी, एक अभिभावक, छोरी, एक उत्तरदायी आमा तथा पत्नी भएको नाताले आफ्नो काममा दत्तचित्त भै रहेको बताईन् । ३ वटा छोरीको आमा पनि बनेकोले व्यवसाय र यिनै सन्तानलाई ज्यादा समय खर्च गर्ने गरेको छु भनिन् । र, नयाँ किर्तिमान गर्न सोच्न नभ्याएको बताइन् ।
उनले छ्यासमिस गरि मिसाइएका विभिन्न ७५ वटा वस्तुहरुको नाम एकै पटकमा स्मरण गर्दै तत्कालै ति सबैको नाम दोहोर्याउन सफल भएकोले विश्व किर्तिमान कायम गरेकी हुन् । जुन किर्तिमान यसअघि बेलायती नागरिक जस्टिन हार्डलेले कायम गरेका थिए ।
बिदेशी नागरिकको त्यो अद्वितीय विलक्षण मष्तिस्क क्षमतालाई पछार्दै उनले बिश्व किर्तिमान आफ्नो पोल्टामा पार्न सफल भएकी थिइन् । हामीसँगको कुराकानीमा उनले भनिन्, ‘आफु सद्भावाना दुत पनि थिए । आफु विदेश पनि भ्रमण गर्ने गरेको छु भन्दै सन् २०११ मा अमेरिकाको हवाईमा एक कार्यक्रममा आफुले तोडेको बिश्व किर्तिमान जस्तै गरि मनोरन्जन हेतु प्रतिभा प्रस्फुटन गर्दा त्यहाँ पनि नाम स्मरण गर्न सफल भए ।’ उनले थपिन्, ‘त्यो पनि बिश्व किर्तिमान हुन्सक्थ्यो तर, त्यहाँ त्यसको प्रमाणको पुष्टी गर्न र जुटाउन आफु नलागेकोले कीर्तिमानीमा नाम राख्न चुक्यो भन्दा पनि हुन्छ भनिन् ।’
उनले अगाडी भनिन्, ‘व्यवहारका कारण, म विश्व कीर्तिमानी गर्नको लागि पछाडी मात्र दौडिन सक्ने अवस्थामा छैन् । विगत झण्डै डेढ दशक देखि होटल व्यवसायमा संलग्न छु ।’
तपाई कस्तो विद्यार्थी हो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘म साधारण विद्यार्थी हुँ । मेधावी छात्रामा आफुलाई गन्दिन् । विद्यालयको प्रथम निद्यार्थी पनि होइन ।
चितवनमा जन्मिएकी प्रतिष्ठा अमात्य बिष्ट रामपुर कृषि क्याम्पसमा उच्च शिक्षा अध्ययन गरिरहँदासम्म पनि उनी सामान्य शैक्षिक स्तर कायम गर्ने छात्राको रुपमा आफुलाई गन्थिन् । अध्ययन कै क्रममा संचार माध्यम टेलिभिजन कार्यक्रम हेरेपछि उनले म पनि यस्तो गर्न सक्छु कि भन्ने मनमा उब्जिएको उनले बताईन् ।
मसँग पनि यस्तो स्मरणशक्ति हुनुपर्छ, म पनि विश्व रेकर्ड कायम गर्न सक्छु भन्ने लागेकोले कीर्तिमानी हुन् सफल भएको बताईन् । उनले भनिन्, ‘यसको लागि अहोरात्र मेहनत र अभ्यासमा समय नबिताएको जानकारी गराईन् ।’
विद्यालय र महा विद्यालयमा पढ्दा कयौँ शब्दहरुलाई एकैपटक ‘मस्तिष्कमा’ राख्थे । उनले भनिन्, ‘विज्ञानको विद्यार्थी हुनाले अप्ठ्यारो शब्दहरु याद गर्नुपर्ने हुनाले त्यो छिटो याद हुन्थ्यो । प्रारम्भिक चरणमा सबैमा यस्तै प्रतिभा होला भन्ने लागेको हामीसँग बताईन ।’
सन् २००२ देखि नै विश्व रेकर्ड कायम गर्ने धुनमा आफु लागि परेको र सन् २००४ को मार्च २५ तारिखमा प्रज्ञा प्रतिष्ठानमा किर्तिमान गर्न सफल भए भनिन् ।
सन् २००४ मा रोयल नेपाल एकेडेमी सभाकक्षमा प्रतिष्ठानका तत्कालिन उपकुलपति मोहन कोइराला र नोबेल एकेडेमीका डा.जयराज आर्चायको पहलमा अद्वितीय क्षमता प्रदर्शन गर्ने अवसर पाएको बताइन् ।
उनले भनिन्, ‘लामो प्रतीक्षापछि अन्ततः सन् २००५ मा अमात्यले गिनिज विश्व रेकर्ड्सको आधिकारिक प्रमाण पत्र प्राप्त गरेको बताइन ।
अन्य के मा शौक छ भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘व्यवसायिक रुपमा गायिका नभए पनि शौक र गाउन अभिरुचि भएकोले रुपमा आफु गायन क्षेत्रमा काम गरेको बताईन् ।
गाउने मात्र नभई शब्द रचना पनि आफुले नै गर्ने र नेपालमै बसेर देशका लागि योगदान गर्न चाहन्छु भनिन् । हाल उनका पति संघर्ष विष्टका साथमा ठमेल, लाजिम्पाट, दरबारमार्ग लगायतमा गरी होटल ब्यबसायमा संलग्न छिन् ।ratopati बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.