फागुन १६
करिश्मा कपूर र उनीबाट अलग भइसकेका पति सन्जय कपूरको डिभोर्स केशमा नयाँ मोड आएको छ । करिश्माले सन्जय र उनकी आमा रानी सुरिन्दर कपूरमाथि दाईजोका लागि प्रताडना दिएको आरोपमा प्रहरीमा उजूरी गरेकी छिन् । यसअघि सन्जयले करिश्मामाथि पैसाको लालचमा बिहे गरेको आरोप लगाएका थिए ।
– स्रोतका अनुसार यस साताको सुरुआतमा करिश्माले खार पुलिस स्टेशनमा मानसिक यातनाको गुनासो दायर गरेकी थिइन् ।
– निवेदन हेरेपछि प्रहरीले जाहेरी लिएको छ ।
– प्रहरीले दाईजोका लागि मानसिक यातना दिएको अभियोगमा सन्जय विरुद्ध जाहेरी लिएको छ ।
अर्की महिलासँग सँगै रहेको आरोप
– करिश्माले सन्जय कपुर अर्कै महिलासँग सम्बन्धमा रहेको आरोप लगाएकी छिन् ।
– करिश्माका अनुसार बिहेपछि पनि पछिल्लो दुई वर्षदेखी सञ्जय अर्की एक महिला र उनका बच्चासँग बस्दै आएका छन् ।
– करिश्माले सन्जयले आफूमाथि १० लाख मागेको आरोप सन्जयले जि न्यूमार्फत लगाएको बताएकी छिन् । उनले उक्त रकम आफ्नो लागि नभएर सन्जय र आफ्नो तर्फबाट सन्तानका लागि मागेको बताएकी छिन् ।
२०१२ मै अलग भएका थिए सन्जय र करिश्मा
२००३ मा करिश्माले सन्जय कपूरसँग बिहे गरेकी थिइन् । यो सन्जयको दोस्रो तथा करिश्माको पहिलो विवाह थियो ।
२०१२ मा उनीहरु अलग भएपछि करिश्मा आफ्नी आमा बबितासँगै मुम्बईमा बस्दै आएकी छिन् ।
अहिले मु्म्बईको बान्द्रास्थित फेमिलि कोर्टमा उनीहरुको सम्बन्ध विच्छेदको मुद्धा चलिरहेको छ ।
गत नोभेम्बरमा दुबैजनाले फेमिलि कोर्टमा सम्बन्ध विच्छेदका लागि हालेको मुद्धा फिर्ता गरिएको थियो
करिश्माका अनुसार सन्जयले डिर्भोसअघि गरेको आर्थिक प्रतिवद्धता पुरा गरेनन् ।
सन्जयले मुम्बईको बान्द्रामा गत डिसेम्बरमा फेरि सम्बन्ध विच्छेदको मुद्धा दर्ता गराएका छन् ।
तर पछिल्लो समय सन्जय आफैँले डिभोर्सको मुद्धा मुम्बईबाट दिल्ली सार्नका लागि सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।
उनले मुम्बई जानु आफ्ना लागि खतराको विषय रहेको र अन्डरवल्र्ड डन रवि पुजारीले यस मामिलाका कारण ज्यान मार्ने धम्की दिएको बताएका छन् ।
उनले यस विषयमा दिल्ली प्रहरीमा पनि जाहेरी दर्ता गराएका छन् ।
सर्वोच्च अदालतले सन्जयको निवेदन स्विकार्दै दिल्ली पुलिससँग रिर्पोट मागेको थियो ।
अन्डरवल्र्डको धम्कीका विषयमा भने करिश्माले अहिलेसम्म कुनै धारणा बाहिर ल्याएकी छैनन् ।
सञ्जय र करिश्माका दुई बच्चा समायरा र कियान हुन् । बच्चालाई कसले पाल्ने भन्ने विषय र डिभोर्स केस अहिले अदालतमै थन्किएको छ ।
सञ्जयले करिश्माले ऐश आरामका लागि मात्रै आफूसँग बिहे गरेको आरोप लगाइसकेका छन् ।
उनले करिश्मा राम्री श्रीमती र बुहारी बन्न असफल रहेको आरोप लगाएका छन् ।
उनले पैसा असूल्नका लागि करिश्माले बच्चाहरुको प्रयोग गरेको र आफ्ना बिरामी बाबुलाई समेत बच्चा भेट्न नदिएको आरोप लगाएका छन् । सन्जयका अनुसार बच्चा भेट्ने प्रतिक्षामा रहेका उनका बाबुको ६ महिनाअघि निधन भयो ।
सञ्जयको आरोपपछि रुष्ट बने करिश्मा बाबु
करिश्माका बाबु तथा पूर्व बलिउड अभिनेता रणधीर कपूर सन्जय कपूरको आरोपपछि रुष्ट बनेका थिए ।
उनले कसैको पैसाका लागि आफ्नी छोरीले बिहे नगरेको बताउँदै भनेका थिए –‘सन्जय थर्ड क्लासका मानिस हुन् । मैले कहिल्यै करिश्माले उसँग बिहे गरोस् भन्ने चाहिन ।’
को हुन् सन्जय कपूर
– सन्जय कपूर सोना मोबिलिटी सर्भिस लिमिटेडका सिईओ हुन् । यो सोना ग्रुपकै एक समूह हो ।
– उनी सोना कोयो स्टीयरिंग सिस्टम्स लिमिटेडका उपाध्यक्ष समेत हुन् । यो एक बहुराष्ट्रिय कम्पनी हो । यसको भारतमा १६ प्लान्ट, जर्मनीमा ३ तथा अमेरिकामा १ प्लान्ट छ ।
– सन्जयको नाम अहिले मोडल प्रिया चटवालसँग जोडिएको छ ।
कोसँग जोडिएको छ करिश्माको नाम
सन्जयसँग अलग भएपछि करिश्मा सन्दीप तोश्नीवालसँग नजिक छिन् । सन्दीप एक फार्मास्युटिकल कम्पनीका सिईओ हुन् ।
सन्दीप विवाहित पूरुष हुन् । उनकी श्रीमती अश्रिता एक डेन्टिस्ट हुन् ।
स्रोतका अनुसार सन्दीप श्रीमतीसँग सम्बन्ध विच्छेद गर्न चाहन्छन् । तर अश्रिता त्यसका लागि तयार छैनन् ।ratopati बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...