महिलाहरुलाई पढाई सकिएपछि के गर्नेछन ?
धेरैभन्दा धेरै नर्स,टिचर वा प्राइभेट सेक्रेटरी बन्नेछन् ।
यदि पढे–लेखेका छैनन् भने या त दर्जी बन्नेछन या
दासी उनीहरु यही लक्ष्मण रेखाबाट कैद छन् । यस
रेखाबाट बाहिर निस्कने बित्तिकै छिमेकी
मानिसहरु औला टोक्न थाल्छन् ।पछिल्ला दिनमा
प्लानिङ कमिशनको एक उच्च पदस्थ महिलासँग मेरो
भेट भएको थियो उनले भनिन्–छिमेकी मानिसहरुले
मतर्फ अचम्म हुदै सोध्छन्–तपाई नोकरी किन
गर्नुहुन्छ ? मेरो मतलब तपाईलाई के रुपैयाँ पैसाको
कमी छ ? कमी नभएको भए घर गृहस्थी छोडेर
नोकरी गर्ने किन आवश्यकता पर्यो ? यदि केही
गर्नु नै छ भने सोशल वर्क गर्नुहोस्–समाज सेवा ?
महिलाले बाल–बच्चा सम्हालुन,श्रीमानका
लागि खाना बनाउन्,श्रीमानका नातेदार
आफन्तहरुलाई आफुकहाँ बोलाएर आफ्नै हातले खाना
बनाएर खुवाउन,बच्चाहरुलाई स्कुल लैजाउन,पढाउन
लेखाउन् । यस्ता यस्ता काम नगरेर वा यसभन्दा
माथि गएर नोकरी गर्ने कुनै कारण मानिसहरुले
बुझ्दैनन । माथिल्लो पदमा नोकरी गर्ने क्रममा
आफ्ना मातहतका पुरुषमाथि जब जब आदेश दिइन्छ
उनीहरुलाइ गाह्रो अनुभव हुन्छ । हो यो सत्य हो ।
महिलाहरु प्राइभेट सेक्रेटरी छन भने उनीहरुलाई
राम्रो लाग्छ ।सजिएर आउनेछिन,अफिसर मानिसले
जे भन्छ त्यसलाई तुरुन्त पालना गर्नेछिन,फाइल
उनको सामु बढाइदिने छिन् ।
यदि सम्पन्न छ भने कलम,चिया,शरीरको
कोट,टाई,चश्मा पनि उनको सामुन्ने राखिदिने
छिन् । यस्ता धेरै डाइरेक्टर या एम.डी हुन्छन् जो
आफ्नी श्रीमतीलाई घरमा छोडेर आउँछन र
बाटोमा श्रीमतीको इच्छा मेटाउनका लागि
प्राइभेट सेक्रेटरीसँग मन गाँस्छन् । मानौ दुधको
स्वाद मलाईबाट मेटाउन चाहन्छन् । या मलाईको
स्वाद दुधबाट मेटाउन चाहन्छन् ।उनीहरु महिलाले
नर्सझै सेवा जतन गरुन् जसरी श्रीमतीहरुले गर्छन,जसरी
दासीहरुले गर्छन भन्ने चाहन्छन् ।यस्तो अवस्थामा
महिलाहरु दासी नबनेर यदि मालिक बने भने
समाजले कसरी सजिलै मान्न सक्नेछ ? छैन मान्ने छैन ।
त्यसैले महिलाहरुलाई तिरस्कार र मानिसहरुले
बुनेका षड्यन्त्रलाई सहन गरेरै भएपनि काम गर्दै
जानुपर्ने आवश्यकता छ । तिरस्कारको डर सबैभन्दा
धेरै मध्यवित्त महिलाहरुमा हुन्छ ।
निम्नवित्त महिलाहरुमा साडी उनीहरुको
छातीभन्दा कति तल झर्यो भन्ने कुराको समेत
वास्ता हुदैन । उनीहरुको पेटमा भोकले लात
मारिरहेको हुन्छ । त्यही भोक मेटाउनका लागि
उनीहरु कामकाज या नोकरी गर्छन् । मध्यवित्त
महिलाहरुले अनुहार कपडाले ढाकिराख्छन् ।
उनीहरुमा थरि थरिका संस्कारले काम गरिरहेका
हुन्छन् । श्रीमानको अनुमति प्राप्त
भएन,मानिसहरुले के भन्नेछन, बच्चा सही मानिस बन्न
सक्दैैनन यस्तै यस्तै बहाना बनाएर उनीहरु घरमै
बसिरहन्छन् ।
घरमा बसी बसी साडी गहनाको
डिजाइन,माधुरी दीक्षितको नाच र हाँस्य
नाटकहरुमा मग्न रहन्छन् । अब पनि यदि शिक्षित
मध्यवित महिलाहरु झुण्डझुण्ड भएर कामकाज गर्नका
लागि बाहिर निस्किएनन भने आफ्नो
स्वतन्त्रतामा बाधा उत्पन्न गर्छ भने । आफ्नो
स्वतन्त्रता आफ्नै हातले बली दिनु जस्तै हुनेछ ।
वास्तवमा त्यस्तो परिवारसँग विवाह नै गर्नुहुदैन् ।
जहाँ महिलाहरुमाथि नोकरी गर्नमाथि प्रतिवन्ध
लगाएको हुन्छ ।त्यस पुरुषको प्रेमको प्रतिउत्तर नै
दिनुहुदैन या प्रेम नै गर्नुहुदैन यदि पुरुषले महिलाको
स्वतन्त्रतामा वाधा उत्पन्न गर्छ भने ।
त्यस्तो खालको नोकरी गर्नाले मात्रै
महिलाहरुलाई उनीहरुको सारा स्वाधीनता
मिल्छ भने पनि सत्य होइन् । उनीहरुले कुनै पनि
खालको कामकाज गर्न सक्छन यदि उनीहरुले त्यस
कामको योग्यता आर्जित गरेका छन् भने । होइन भने
उनीहरुलाई शिक्षा दीक्षा दिएर राज्यलाई के
फाइदा भयो ? खाना पकाउनु,घर द्धार सफा
गर्नु,शिशु पालन जस्ता घरायसी कामहरु श्रीमान
श्रीमती दुवैजना मिलेर गर्न सरासर सम्भव छ । मेरो
बिचारमा हरेक नागरिकका लागि यस्तो
प्रकारको काम गर्नु नैतिक दायित्व हो । त्यस
मानिस जस्तो देशद्रोही अरु को हुन सक्छ यदि
त्यसमाथि देश वा समाजको खर्च मात्रै भयो तर
कुनै आम्दानी भएन भने ?
गार्मेन्ट फेक्ट्रीमा जब युवती महिलाहरु दल बाँधेर
काम गर्न जान्छन्,त्यो भन्दा धेरै आकर्षक दृश्य मलाई
लाग्दैन यस देशमा अरु पनि कुनै छ । जुन महिलाहरुले
पढ्न लेख्न पाएनन् बाल विवाहको तयारीमा छन् ।
गृहस्थीमा पनि डरलाग्दो अवस्था छ,या जुन
महिलाहरु श्रीमानमाथि मात्रै निर्भर थिए र
श्रीमानले उनीहरुलाई छोडेर अन्तै कतै गएका छन् या
ती महिलाहरुलाई नै खेदिएको छ ,या श्रीमानले
जति काम गरे पनि त्यसबाट राम्रोसँग गृहस्थी चल्न
सक्दैन यस्ता महिलाहरुको जिन्दगी अब कुनै अर्कै
दिशामा घुमेको हुन्छ ।
उनीहरु अब हातमा टिफिन बोकेर सडकमा उत्रन्छन्
। बसमा सवार हुन्छन । आफ्नो नामको हस्ताक्षर
समेत गर्न थालेका छन् । अब उनीहरु मानिसहरुको
भीडमा कुर्सीमा बस्छन् । बिहान बेलुका काम
गर्छन् । जुन महिलाहरुलाई कुनै दिन कपालमा तेल
लगाउने सम्मको भाग्य हुदैन थियो । उनीहरु अब
आफ्नै पैसाले माछा भात खान्छन । यस्तो खालको
जीवन बीना कुनै शंका धनी श्रीमानका पाल्तु
श्रीमतीहरुभन्दा कयौं धेरै मान सम्मानको जीवन
हो ।
निम्नवित्त महिलाहरु जब दल बाधेर काममा
निस्कन्छन्,व्यस्ततामा डुबिरहन्छन,त्यस समय मलाई
कामकाजहीन,कामप्रति अस्वीकार गरेर बसीरहेका
महिलाहरुप्रति कडा घृणा जाग्छ । जसले व्यर्थ समय
बर्वाद गरिरहन्छन् । छिमेकीहरुको साथमा तुच्छ
हाँसो मजाकमा मग्न रहन्छन वा गहना साडीका
पसलको भ्रमण गरिरहन्छन् । उनीहरु आफ्नो साज
सिंगारको लागि गहना किन्छन् । पुरुषहरुलाई
पट्याउने आशामा महँगा महँगा साडीहरु किन्छन् ।
नर्स,शिक्षक,प्राइभेट सेक्रेटरी जो मानिसहरु
महिलाहरुलाई यिनै सबै कुराभित्र कैद राख्न
चाहन्छन,उनीहरु विशेषत पुरुषतान्त्रिक अहमका
शिकार भएका हुन्छन् । महिलाहरु आखिर कुन गुणमा
योग्य छैनन ? त्यसोभए फेरि उनीहरु कुनै बाँधिएको
सीमाभित्र किन आवद्ध रहने ।के उनीहरुले पुरुषको
सेवा टहलमा नै जीवन बिताइदिने हो ?
(ह्दयको बारुद पुस्तकबाट तसलीमा नसरीनको लेख)

0 comments
प्रतिक्रिया दिनुहोस्...