-->
म्याग्दीका डा. रोशन न्यौपाने उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारका लागि छनौट


फागुन १६
म्याग्दी– जिल्ला अस्पताल म्याग्दीका प्रमुख डा. रोशन न्यौपाने उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित भएका छन् । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण योगदान गरेको भन्दै डा. न्यौपानेलाई यस बर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारका लागि छनौट गरेको हो ।
उनलाई प्रदान गरिने पुरस्कारको नगद रासी एक लाख रुपैयाँ रहेको छ । बरिष्ठ मेडिकल सुपरिटेन्डन समेत रहेका न्यौपानेले स्रोत र साधनको अभावका बाबजुत पनि स्थानीयस्तरमै सहयोग जुटाएर जटिल मानिएका शल्यक्रियासहितको सेवालाई जिल्लास्तरमै उपलब्ध गराउन सफल भएकाले न्यौपानेलाई राष्ट्रिय पुरस्का लागि छनौट गरिएको जनस्वास्थ्य प्रशासन अनुगमन तथा मुल्याकन महाशाखाले जनाएको छ ।
करिव साढे २ बर्ष अगाडी जिल्लामा आएका डा. न्यौपाने हार्डजोर्नी तथा नशा रोग सम्बन्धि उपचारलाई जिल्ला अस्पतालमै सुरू गरेपछि ग्रामिण क्षेत्रका बासिन्दाले समेत सहज र निशुल्क सेवा पाइरहेका छन् । पुरस्कारको लागि छनौट भएपछि आगामी दिनमा स्वास्थ्य सेवालाई थप प्रभाबकारी बनाउने जिम्मेबारी थपिएको महसुस भएको डा. न्यौपानेले बताए ।ratopati बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.