-->
काठमाडौंमा चल्न थाले यस्ता अत्याधुनिक बस [फोटो फिचर]

फाल्गुन ३०, २०७२- काठमाडौं उपत्यका स्वयम्भु बस सेवा समितिअन्तर्गत महानगर यातायात प्रालिले आजदेखि सेवा सुरु गरेको छ । समिति अन्तर्गतका ३९ बसले आजदेखि चक्रपथमा सेवा सुरु गरेको हो ।
समिति अध्यक्ष मधुसुधन उपाध्याय अधिकारीले बस चक्रपथमा लगातार चलिरहने भएकाले यात्रुले कुरिरहनुपर्ने छैन् । ‘यात्रु चढाउने र अोराल्ने स्टपमा बाहेक यो अन्त कतै रोकिदैन्’, उपाध्यायले भने,‘यात्रु भरिए पनि नभरिए पनि बस समयमै हिंड्छ ।’ बसले २ घण्टामा चक्रपथ परिक्रमा गरिसक्ने उनले बताए ।
समितिले बसमा करिब १६ करोड रुपैयाँ लगानी गरेको छ । एउटा बसको मूल्य करिब ४२ लाख रुपैयाँ पर्ने अधिकारीले बताए ।
बसमा वाईफाई र टिभीको सुविधा छ । बसमा सीसीटीभी जडान गरिएको छ । बसमा राखिएको स्क्रिनमार्फत यात्रुले गन्तव्यबारी जानकारी लिन सक्ने व्यवस्था छ ।
३२ सिटको बसमा १५ जनासम्म उभिन मिल्नेगरी ह्यांगर राखिएको छ । २५ वटा बसमा महिला परिचालिका हुनेछन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.