श्रीमान र बाबु एउदै पदको लागि उठेपछि छोरीले लेखिन यस्तो स्टाटस
बाबुसँगै आफ्नो श्रीमान् महामन्त्रीमा उम्मेदवार लडेपछि गगन थापाकी श्रीमती तथा अर्जुन नरसिंह केसीकी छोरी अञ्जना केसी आफ्नो फेसबुकमा स्टाटस लेखेकी छन् ।
एउटै परिवार भित्रै दुई जना एकै पदमा उम्मेदवारी दिएपछि अञ्जनाले आफ्नो स्टाटसमा दुवैजना चुनावी मैदानमा उत्रिए पनि चुनाव धेरै सजिलो नभएको बताएकी छिन् । यद्धपि उनले दुवैजना आफ्ना कार्यकर्ताले विश्वास गरेका योग्य उम्मेदवार भएको उल्लेख गरेकी छन् ।
त्यस्तै उनले निर्वाचनको परिणाम जस्तोसुकै आएपनि म आज दुबै जनाको लागि प्राथना गरिरहेकी बताईन ।
NepalJapanDotCom बाट

0 comments
प्रतिक्रिया दिनुहोस्...