-->
रोजगारीका लागि विदेश जाने युवाको सख्या १९.७० प्रतिशत घट्यो,कारण बन्यो फ्रि भिषा, फ्रि टिकट


काठमाडौं, ११ चैत । फागुन महिनामा रोजगारीका लागि विदेश जाने युवाको संख्या १९.७० प्रतिशतले घटेको छ । आघिल्लो आर्थिक वर्षको फागुन महिनामा ४४ हजार चार सय ६० युवा रोजगारीका लागि विदेशीएका थिए भने यो आर्थिक वर्षको फागुनमा ५३ हजार सात सय १ जना मात्र विदेशीएका छन् । जसमा पुरुष ३४ हजार ४७ र महिला १६ सय ५४ रहेका छन् ।
गत वर्षको सोहि अवधिको तुलनामा व्यक्तिगत रुपमा जानेको संख्या २४. ७४ प्रतिशतले बढेको छ भने संस्थागतको १७ दशमलव ६७ प्रतिशतले घटेको छ । अघिल्लो फागुनमा व्यक्तिगत रुपमा सात सय ६० युवा विदेशीएका थिए भने गत फागुनमा नौ सय ४८ युवा रोजगारीका लागि विदेशीएका छन् ।
यस्तै संस्थागत तर्फ अघिल्लो फागुनमा ३९ हजार सात सय १२ जना विदेशीएका थिए तर यो फागुनमा यो संख्या घटेर ३२ हजार ६ सय ९३ मा पुगेको छ । गत फागुनमा सबै भन्दा बढी युवा साउदी अरब गएका छन् । रोजगारीका लागि अरब गएका १२ हजार आठ सय ४० मध्ये पुरुष १२ हजार सात सय १३ र महिला एक सय २७ जना रहेको वैदेशिक रोजगार विभागको तथ्याङकमा उल्लेख छ ।
यस्तै कतार ११ हजार चार सय १८ मध्ये पुरुष ११ हजार तीन सय ५, महिला एक सय १३, मलेसिया तीन हजार नौ सय ६६ मध्ये पुरुष ३८ सय ५८ र महिला एक सय ८, संयुक्त अरब इमिरेट्स (यूएई) चार हजार सात सय ४२ मध्ये पुरुष तीन हजार नौ सय चार र महिला ८ सय ३८,कुवेत सात सय २४ मध्ये पुरुष ६ सय ७६ र महिला ४८ रहेका छन् । सरकारले २१ असारदेखि फ्रि भिषा,फ्रि टिकटको निर्णय लागु गरेपछि हरेक महिना युवा रोजगारीका लागि विदेश जाने क्रम निरन्तर घटीनै रहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.