काठमाडाैं । अमेरिकाको डेट्रोइटमा बस्ने ३६ वर्षकी एक महिला अनिता सुलिवानले हालै आफ्नो १४ औँ सन्तान जन्माएर विश्व रेकर्ड कायम गरेकी छिन् ।
उनको यो विश्वरेकर्ड उनले पाएका सबै १४ जना बच्चाहरु १४ वटै अलग अलग पुरुषबाट जन्मिएका हुन् । १४ लोग्नेबाट १४ बच्चा जन्माउने उनको यो किर्तिमानी गिनिज बुकको आगामी संस्करणमा छापिने बताईएको छ ।
विश्व किर्तिमान कायम गरेसँगै उनी निकै गर्व महसुस गरेको बताएकी छिन् । सानोमा आमाले अल्छि भन्ने गरेकने बताउदै आफुले १४ पुरुषबाट १४ बच्चा जन्माएर आफु अल्छी नभएको प्रमाणित गरेको तथा दुनियामा कसैले गर्न नसकेको काम गरेको उनको दाबी छ ।
अनिताले पछिल्लो बच्चा हालै हार्पर युनिभर्सिटी अस्पतालमा जन्माउदा सुत्केरी आमालाई भेट्नका लागि उनका सबै १३ जना बच्चा अस्पताल पुगेका थिए । सबै बच्चा उनको विश्व रेकर्डबाट खुसी भएका छन् ।
उनका यसअघिका १३ लोग्नेहरुमध्ये ११ जनासँग कानूनी रुपमै सम्बन्ध विच्छेद भैसकेको छ भने भुपु लोग्नेहरुबाट कानूनी रुपमै मानाचामल भराउँदै आएकी छिन् । अरु थप दुइ लोग्नेबाट मानाचामल भराउने मुद्दा अदालतमा चलिरहेको छ तर १३ वटै बच्चा उनको साथमै रहेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...