काठमाडौं, १४ चैत । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज आयोजक भारत र अष्ट्रेलियाबीच भिडन्त हुँदैछ ।
यो खेल समूह चरणको अन्तिम खेल भएपनि दुबैका लागि फाइनलभन्दा कम छैन् । किनकि जसले खेल जित्यो त्यो टिम सेमिफाइनलमा पुग्ने छ भने हार्ने बाहिरिने छ ।
अर्काे कुरा भारत आज घरेलु मैदानमा खेल्दैछ । खेल जित्न उसले हरेक रणनीति अपनाएको छ । त्यसक्रममा उसले रातारात एउटा अचम्मको काम पनि गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार संसारको सबैभन्दा शक्तिशाली मानिने भारतीय क्रिकेट बोर्डले यो खेल जित्न रातारात मैदानको पिच नै परिवर्तन गरेको छ ।
बीसीसीआईको स्रोतलाई उद्धृत गर्दै भारतीय पत्रिका हिन्दुस्तान टाइम्स ले खेल जित्न भारतले मैदान आफू अनुकुल बनाएको खुलासा गरेको छ । खेल जित्न मैदानको पनि महत्वपूर्ण भुमिका रहन्छ ।
आइतबार साँझ अस्ट्रेलियसँग भिड्न लागेको भारतले शनिबार राति नै आफू अनुकुल हुने गरी मोहालीस्थित पिचमै फेरबदल गरेको हो । भारतीय टीम व्यवस्थापनको अनुरोधमा आइतबार अस्ट्रेलियाविरुद्ध हुने खेलमा लागि पिचमै फेरबदल गरिएको हो ।
रातारात पिच परिवर्तन भएपछि अष्ट्रेलियाका खेलाडी आक्रोशित बनेका छन् । उनीहरुले भारतलाई ‘कायर’ भनेका छन् र जस्तोसुकै मैदानमा पनि खेल्ने तयार रहेको बताएका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...