काठमाडौं, १२ चैत । पार्टी एकीकरणका विषयमा छलफल गर्न मोहन बैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकार)को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
पार्टी कार्यालय बुद्धनगरमा बिहान ११ बजे बस्ने बैठकमा एकीकृत माओवादीसँगको पार्टी एकताका विषयमा छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
‘बैठकमा एमाओवादीसँगको पार्टी एकीकरणको विषयमा छलफल हुन्छ’, उहाँले भन्नुभयो, ‘दुई पार्टीबीच छलफल हुँदै आएको थियो । त्यस विषयमा पनि बैठकमा जानकारी गराइनेछ ।’
राजनीतिक कार्यदिशालाई लिएर विभाजन भएको एकीकृत माओवादीबाट विभाज भएको बैद्य नेतृत्वको माओवादीमा पार्टी एकीकरणको विषयमा दुई धार देखिएको छ ।
महासचिव रामबहादुर थापा पार्टी एकीकरणको पक्षमा देखिनु भएको छ । तर अध्यक्ष बैद्य राजनीतिक कार्यदिशामा कुरा नमिल्दासम्म अगाडि बढ्न समस्या हुने भन्दै एकतामा खासै सकारात्मक नरहेको आरोप छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...