भातृसंगठनको अविधेशन ६ महिनाभित्र गर्ने निर्णय गरेको एक हप्ता नबित्दै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघभित्र नवनिर्वाचित सभापति शेरबहादुर देउवा निकटकै विद्यार्थी नेताहरूबीच कुटाकुट सुरूभएको छ ।चैत १० गते शंकरदेव क्याम्पसमा इकाई सभापति बनाउने विवादमा देउवा पक्षकै विद्यार्थीबीच झडप भएको थियो ।
झडपमा पेस्तोल बोकेको आरोपमा प्रहरीले पक्राउ गर्नेदेखि वन्यजन्तु चोरी शिकारी काण्डमा संलग्न रहेका शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत सहितकेही विद्यार्थी घाइते भएका थिए ।शुभराम बस्नेतले नेविसंघका नेता तथा सभापति देउवाका सहयोगी जितजंग बस्नेत, मनीषजंग थापा र डोजाङ शेर्पासहित ५ जनाले आक्रमण गरेको किटानी जाहेरी महानगरीय प्रहरी बृत्त सिंहदरबारमा चैत १४ गते दिएका छन् ।
नैनसिंह महरको योजनामा शुभरामले जितजंग विरुद्ध प्रहरीमा उजुरी दिएको आरोप छ ।छ महिनामा निर्वाचन गराउने म्यान्डेटसहित २०६८ मा अध्यक्ष मनोनीत भएका रञ्जित कर्णले ४ वर्षमा ७ पटक अधिवेशनको मिति घोषणा गरे पनि गराउन सकेका छैनन् ।अब पनि उनले अधिवेशन गराउने अवस्था सभापति देउवाले देखेका छैनन् ।दृष्टि साप्ताहिकमा खबर छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...