बाँके, २२ फागुन । एकीकृत माओवादीका अध्यक्ष पुष्पकलम दाहालले कांग्रेसको महाधिवेशनपछि एमाले नेृतत्वमै राष्ट्रिय सरकार बन्ने बताउनु भएको छ ।
एमाओवादी बाँकेले आज नेपालगन्जमा समसामयिक राजनीतिक विषयमा गरेको अन्तरक्रियामा अध्यक्ष दाहालले कांग्रेसको महाधिवेशनपछि राष्ट्रिय एकताको सरकार बनाउने बिषयमा छलफल चलिरहेको बताउनुभयो ।
१६ बुँदे सहमतिमा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने उल्लेख भएको उहाँले बतानुभयो ।
‘अहिले पनि राष्ट्रिय सहमतिको सरकारको कुरा गर्नु यो सरकार गिराएर अर्को सरकार गठन गर्नु होइन । १६ बुँदेको आधारमा गर्ने भन्ने हो’, अध्यक्ष दाहालले भन्नुभयो ।
उहाँले सरकार बनाउने र गिराउने खेलमा एमाओवादी नलाग्ने दाबी गर्नुभयो । ‘अहिलेको अवस्थामा राष्ट्रिय एकताको अपरिहार्यता रहेको छ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय सहमति भनेको सरकार बनाउने र गिराउने भनेको होइन ।’

0 comments
प्रतिक्रिया दिनुहोस्...