किन उपेन्द्र यादव मर्न तयार भए ?
रौतहट, २४ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जबरजस्त संविधान स्वीकार गराउन खोजे मधेशी जनता मर्न तयार रहेको बताएका छन् ।
रौतहटमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले मधेसी जनताको अधिकार कुण्ठित गरी ल्याइएको संविधान स्वीकार गराउन खोजे मधेसका जनता आफ्नो अधिकारको रक्षाका लागि मर्न तयार रहेको बताएका हुन् ।
अधिकारविहीन बनाएर मधेशी जनतालाई जबरजस्ती दास बनाउन खोजिएको आरोप लगाएका अध्यक्ष यादवले आफ्नो अधिकार प्राप्ती र रक्षाका लागि मधेशी जनता आन्दोलनमा उत्रिएको जानकारी दिए ।
लामो समय आन्दोलनमा रहँदा समेत मधेशी जनतालाई अधिकार सम्पन्न गराउन राज्य तयार नभएको भन्दै अब निर्णायक आन्दोलन गरिने चेतावनी दिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...