सभापतिका लागि कांग्रेसमा ८ बजेपछि मतगणना सुरु हुने
काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिका लागि आज भएको दोस्रो चरणको निर्वाचनको मतगणना राति ८ बजेपछि सुरु हुने भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार पाँच समूहमा विभाजन गरी आजै मतगणना गरिने भएको हो ।
यसका लागि निर्वाचन समितिले पाँच समूहमा सभापतिका उम्मेदवार रामचन्द्र पौडेल र शेरबहादुर देउवासँग प्रतिनिधि माग गरेको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...