काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा चर्चामा रहेका ज्वाई-ससुरा गगन थापा र अर्जुननरसिह केसी महामन्त्री पदमा पराजित भएका छन् ।
एकै परिवारका सदस्य ज्वाई र ससुरा नै पराजित भएपछि धेरैले आलोचना र राजनीतिक भविष्यबारे टिकाटिप्पणी गरिरहेका छन् ।
यो हारले ज्वाई ससुराको परिवार झन तनावमा परेको छ । सबैभन्दा बढी तनावमा त अञ्जना केसी थापा परेकी छिन् । उनी गगनकी धर्मपत्नि हुन भने अर्जुनकी छोरी ।
बुवा र श्रीमानको हारको तनावमा परेकी अञ्जनाले नतिजा आएलगत्तै प्रतिक्रिया दिएकी छिन् । प्राय समाजिक सञ्जालमा सक्रिय रहने अञ्जनाले फेसकुबमार्फत कांग्रेसका महाधिवेशन प्रतिनिधिप्रति आक्रोश पोखेकी हुन् ।
परिवारका एक जना सदस्यले पनि जितेको भए मनलाई शान्ति पाउने अवस्था हुन्थ्यो तर, त्यसो नभएपछि उनी कांग्रेसका नेता कार्यकर्तामाथि खनिएकी हुन् ।
बुवा र श्रीमानले उम्मेदवारी दिदा यसअघि भावुक स्ट्याटस लेखेकी अञ्जनाले महाधिवेशन प्रतिनिधिहरुले गलत उम्मेदवारलाई चयन गरेको संकेत गरेकी छिन् ।
उनले भनेकी छिन्– ‘प्रत्येक अवसर हामीले हाम्रो भाग्य छनौटका लागि पाउँछौं, हामी गलत विकल्प रोज्छौं, विचारा हामी, नेपाली ।’
उनको यो स्ट्याटस गगनलाई छान्नुको साटो विपीकै पुत्र भएका कारण शशांकलाई रोज्ने कांग्रेसीहरुको कदमप्रतिको आक्रोशको रुपमा देखिन्छ । हारपछि गगन थापाले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।
उनका ससुरा अर्जुनले भने नयाँ नेतृत्वलाई बधाई दिँदै सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिएका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...