-->
शिक्षक सेवा आयोगले माग्यो ६११ शिक्षक, घरबाटै भर्नुस् अनलाईन फाराम...


काठमाडौं, ३० फागुन । शिक्षक बन्न चाहने योग्य नेपाली नागरिकलाई खुसीको खबर । भर्खरै मात्र शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षक पदमा दरखास्त आह्वान गरेको छ ।
आइतबार सार्वजनिक सूचना जारी गरी आयोगले पाँच वटै विकास क्षेत्रका माध्यमिक विद्यालयका लागि विभिन्न १४ वटा विषयमा ६ सय ११ जना शिक्षकका लागि दरखास्त आहृवान गरेको हो ।
आयोगद्धारा जारी सूचनामा मुलुकभरका सामुदायिक बिद्यालयहरुमा बिक्रम संवत् २०६३ बैशाख १० यता रिक्त रहेका माध्यामिक शिक्षकहरुको पदपूर्तिका लागि लामो समयपछि अधिक संख्यामा आवेदन खोलेको उल्लेख छ ।
जसअनुसार नेपाली बिषयका लागि १०७ जना, अंग्रेजीका लागि १२८ जना, गणितका लागि ८८ जना, बिज्ञानका लागि १५० जना, सामाजिक शिक्षाका लागि ९३ जना, स्वास्थ्य जनसंख्याका लागि ७ जना, अर्थशास्त्रका लागि ६ जना, लेखाका लागि २० जना मागिएको छ । त्यस्तै कम्युटर शिक्षामा ३, शिक्षा र संस्कृत भाषामा २–२, संस्कृत साहित्यमा ३, बेद र कृषि शिक्षामा १–१ जना मागेको उल्लेख छ ।
आवेदन फारम पेश गर्न पाँच बिकासक्षेत्रका क्षेत्रीय शिक्षा निर्देशनालयका साथै पूर्वाञ्चलमा जिल्ला शिक्षा कार्यालय मोरङ, मध्यामाञ्चलमा जिल्ला शिक्षा कार्यालय ललितपुर, पश्चिमाञ्चलमा जिल्ला शिक्षा कार्यालय रुपन्देही, मध्यपश्चिमाञ्चलमा जिल्ला शिक्षा कार्यालय दाङ र सुदूरपश्चिमाञ्चलमा जिल्ला शिक्षा कार्यालय धनगढीमा आवेदन दर्ता गर्न सकिनेछ । घरबाटै अनलाइन फाराम पनि भर्न सकिनेछ ।
आगामी चैत्र २९ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर शुल्क तिरेर आगामी बैशाख ६ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । आयोगका अनुसार लिखित परिक्षा आगामी असार ४ गते हुनेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.