-->
कांग्रेसको खातामा कहाँबाट आयो यति धेरै पैसा ?

काठमाडौं, २२ फागुन । विगत पाँच वर्षको आर्थिक अवस्थालाई हेर्दा नेपाली कांग्रेसले आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी आम्दानी गरेको पाइएको छ।
जारी महाधिवेशनको बन्द सत्रमा कोषाध्यक्ष चित्रलेखा यादवले पेस गरेको आर्थिक प्रतिवेदनअनुसार कांग्रेसले सो आर्थिक वर्षमा सबैभन्दा धेरै अर्थात ८ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । राजधानी दैनिकले समाचार लेखेको छ ।
तर खर्च भने एक करोड ४७ लाख मात्रै भई ६ करोड ६४ लाख बचत गरेको छ । अन्य वर्षहरुमा भने आय व्यय केही कम देखिएको छ । आर्थिक वर्ष २०६७/६८ मा ३ करोड ८३ लाख, ८७ हजार आम्दानी भएकामा ३ करोड ९४ लाख खर्च भएको छ ।
आर्थिक वर्ष २०६८/६९ मा ८६ लाख ५२ हजार आम्दानी भएकामा ८६ लाख १६ हजार खर्च भएको छ । सो वर्ष कांग्रेसले ३५ हजार रुपैयाँ बचत गरेको देखिन्छ ।
कांग्रेसको मुख्य आम्दानीको स्रोत क्रियाशील र साधारण सदस्यता वितरण, चन्दा तथा लेभी देखिन्छ । प्रतिवेदन अनुसार कांग्रेसको विभिन्न बैँक खातामा गरी १८ फागुन २०७२ सम्म ६ करोड ६७ लाख रुपैयाँ नाफा मौज्दात रहेको छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.