काठमाडौं, १५ चैत । भावी प्रधानसेनापतिको प्रतिस्पर्धामा रहेका उपरथी बिनोज बस्न्यातले अनिवार्य अबकाश पाएका छन् ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीपछिका प्रधानसेनापतिको प्रतिस्पर्धामा रहेका बस्न्यातको दुई वर्षे कार्यकाल समाप्त भएपछि नेपाली सेनाको बढुवा तथा पदावधि थप गर्ने बोर्डले उनको कार्यमूल्यांकन गर्दा पदावधि थप गर्नुपर्ने कारण नदेखिएको भन्दै पदाबधि थप नगर्ने निर्णय गरेपछि मंगलबारबाट अनिवार्य अवकाश पाउने भएका हुन् ।
पछिल्लो पटक विवादमा तानिएका बस्न्यातले अनिवार्य अवकाश पाएपछि आगामी प्रधानसेनापतिका रुपमा हेरिएका रथी पूर्णचन्द्र थापाको बाटो पूर्णरुपमा खुलेको छ । उनको प्रतिस्पर्धाका रुपमा रहेका बस्न्यातको अबकाशले थापाको प्रतिस्पर्धामा अब कोही छैनन् । पूर्वराजा ज्ञानेन्द्र शाहको एडीसीसमेत रहेका बस्न्यात हाल सहायक बलाध्यक्षका रुपमा कार्यरत रहेका थिए ।
बलाधिकृत रथी बलदेवराज महतको अध्यक्षतामा बसेको बोर्ड वैठकले पदाबधि थप नगर्ने निर्णय गरेपछि प्रधानसेनापति क्षेत्रीसमेत बस्न्यातको बारेमा मौन बसेको र उनले अनिवार्य अबकाश पाएको एक सैनिक अधिकारीले जानकारी दिए ।नेपाल समाचारपत्रमा खबर छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...