यी हुन् विमान उडाउने नक्कली पाइलट
काठमाडौं, १४ चैत । नक्कली प्रमाणपत्र लिएर ठूलो संख्यामा कथित डाक्टरहरुलाई हालै प्रहरीले पक्राउ गरेकोमा नक्कली प्रमाणपत्र पेस गरी पाइलट बन्ने पनि पर्याप्त रहेको चर्चा हुन थालेको छ ।
यसरी नक्कली प्रमाणपत्र लिएर विमान उडाउनेमा नेपाल वायुसेवा निगमका एक जना पाइलटको नाम पनि चर्चामा आएको छ । नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
प्रसंग निगमका विमान चालक सुवास रिजालको हो । उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने कुरा निगमभित्रै चर्चामा आउन थालेको छ ।
रिजालको प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको स्रोतको दाबी छ।
आदर्श सेवा विद्यालय इन्टर कलेज, वाराणसीबाट प्राप्त प्रमाणपत्रमा क्याप्टेन सुवास रिजालले इन्टरको परीक्षा सन् १९८७ मा पास गरेको उल्लेख छ । उनी सन् १९८५ मा सो शैक्षिक संस्थामा प्रवेश गरेका थिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...