-->
शेरबहादुर देउवाको प्यानल घोषणा, कस्को साथ मिल्यो शेरबहादुर देउवालाई ? उनको टिममा को को परे ?

नेपाली कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवाले उम्मेदवारी घोषणा गरेका छन् ।पार्टी कार्यलय सानेपामा ठुलो सङ्ख्यामा नेता कार्यकर्तामाझ देउवाले आफ्नो प्यानल नै घोषणा गरेका हुन् । देउवाको टिममा महामन्त्री पदका लागि अर्जुननरसिंह केसी र कोषाध्यक्ष पदमा चित्रलेखा यादव छन् ।देउवा पक्षको प्यालनलाई नेता कुलबहादुर गुरुङले प्रस्ताव र खुमबहादुर खड्काले समर्थन गरेका छन् ।यो संगै कांग्रेस सभापतिका लागि तीनजनाको दावेदारी पेश भएको छ । देउवासंगै रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सभापतिका उम्मेदवार हुन ।यसअघि हिजो सभापतिका लागि आआफ्नो प्यानलसहित रामचन्द पौडेल र कृष्प्रसाद सिटौलाले उम्मेदवारी घोषणा गरेका थिए ।सभापतिका लागि सुजाता कोइरालाले पनि उम्मेदवारी घोषणा गरेकी थिइन् । तर आज बिहान रामचन्द्र पौडेलसंग सहमति गर्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरेक थिइन ।कांग्रेसको १३ औं महाधिवेशन आजैदेखि सुरु भएको छ । खुल्लामञ्चमा दिउँसो १ बजेदेखि उद्घाटनसत्र सुरु हुनेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.