नेपाल र छिमेकी राष्ट्रको पक्षमा बोल्यो चीन, चिनियाँ प्रमले के-के भने ?
काठमाडौं, ४ चैत । चीनका प्रधानमन्त्री लि केकियाङले छिमेकमा सार्वभौमसत्ताको रक्षा चीनको विदेश नीतिको प्राथमिकतामा रहेको बताएका छन् ।
बुधबार बेइजिङमा आयोजित वार्षिक पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ प्रधानमन्त्रीले एसिया प्रशान्त क्षेत्रमा चीनले शान्तिपूर्ण विकास चाहेको र द्धन्द्ध नचाहेको कुरा पनि उल्ले गरेका छन् ।
उनले चीन र जापानबीचको सम्बन्ध पूर्ण रुपमा स्थापना हुन नसकिरहेको उल्लेख गरे । उनेल छिमेकी राष्ट्र नेपालको सार्वभौमसत्ताको रक्षा चीनको प्राथमिकता भएको समेत बताएका थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...