काठमाडौं, ३० फागुन । मलेसियामा स्थानीय प्रहरीले २ सय ५८ नेपाली कामदारलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरू अवैधानिक रुपमा मलेसियामा बस्दै आएका थिए ।
६ सय ५४ वटा अप्रेसन चलाएर स्थानीय प्रहरीले १२ हजार ६ सय ५७ विदेशी कामदारको बैधानिकता परीक्षण गरिएको थियो ।
जसमध्ये ४ हजार १ सय १४ जना अवैध कामदार रहेको फेला परेको मलेसियन अध्यागमन विभागका महानिर्देशक सेरी सकिब कुस्मीले जानकारी दिएका छन् ।
नेपाली कामदारसँगै १ हजार २ सय २१ इन्डोनेसियन, १ हजार ७ सय ७७ बंगलादेशी, ४ सय ८ बर्मेली, ३ सय ३८ फिलिपिनो, १ सय ५२ थाइ, १ सय ३८ भियतनामी र १ सय ३२ जना पाकिस्तानी कामदार पनि पक्राउ परेको बेर्नामाडटकमले जनाएको छ ।
अवैध कामदारसँगै तिनका रोजगारदातालाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही थालेको छ । यस क्रममा २ सय ५८ अवैध नेपाली कामदार पनि हिरासतमा पुगेका छन् ।
पक्राउ पर्ने रोजगारदातामध्ये १ सय १० जना मलेसियन छन् । इन्डोनेसियाका ३ तथा पाकिस्तान, यमन, कम्बोडिया र बंगलादेशका एक–एक जना छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...