-->
आफ्नै मैदानमा भारतलाई लाग्यो झट्का, अष्ट्रेलियासँग नखेलेरै बाहिरिन सक्ने

काठमाडौं, १४ चैत । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत घरेलु मैदानमा भारत पहिलोपटक समूहचरणबाटै बाहिरिने अवस्थामा पुगेको छ ।
त्यसका लागि आज अष्ट्रेलियासँग हुने खेलले निर्धारण गर्नेछ । तर, आयोजक भारत त्यो खेलबाहेक अन्य कारणले पनि खेलअगावै विश्वकपबाट बाहिरिन सक्ने सम्भावना पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यस अघिका ३ खेल मध्ये २ वटामा जित हात पारेपनि भारतको रनरेट प्रतिस्पर्धी अष्ट्रेलिया भन्दा कमजोर छ । आज अष्ट्रेलिया र भारतबीच सेमिफाइनल यात्राका लागि भिडन्त हुँदैछ ।
मोहालीको मैदानमा हुने खेल जित्ने टिम विश्वकप सेमीफाइनलमा पुग्नेछ भने हार्ने टिम प्रतियोगिताबाट बाहिरिने छ । आयोजक राष्ट्रको भाग्य फैसला गर्ने खेल भएका कारण भारतीयहरुका लागि यो खेल निकै महत्वपूर्ण छ ।
भारतीय सञ्चार माध्यमका अनुसार मोहालीमा वर्षा हुने सम्भावना बढेको छ । यदि वर्षा भयो भने भारतका लागि नोक्सानी हुनेछ । वर्षाले खेल हुन नसकेमा भारत स्वतः प्रतियोगिताबाट बाहिरिने छ भने अष्ट्रेलिया रनरेटका आधारमा सेमिफाइनलमा पुग्ने छ ।
उसो त अष्ट्रेलिया र भारत दुबै बोलिया टिम हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.