-->
इन्डोनेसियाले नेपालीलाई निःशुल्क भिसा दिने

काठमाडौं, १० चैत । नेपाली पर्यटकले इन्डोनेसियाबाट निःशुल्क अनअराइभल भिसा पाउने भएका छन् ।
बुधबार इण्डोनेसियाका राष्ट्रपति जोको विड्डोले नेपालसहित ७९ देशका पर्यटकको भिसा शुल्क नलिने घोषणा गरेपछि नेपाली पर्यटकले पनि निःशुल्क भिसासहित इण्डोनेसिया घुम्न पाउने भएका हुन् ।
स्थानीय अध्यागमन विभागका अनुसार नेपालीहरुले यसअघि ३९ डलर अर्थात ४ हजार रुपैयाँ बराबर भिसा शुल्क तिर्दै आएका थिए ।
तर, यो सुविधा ३० दिनसम्मको लागि मात्रै भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पर्यटन प्रवद्र्धनको उद्देश्यसहित इण्डोनेसियाको बाली सहरको पर्यटन केन्द्रलाई थप फेमश बनाउन भिसा फ्रि गरिएको हो ।
यो सुविधा नेपालसहित विश्वका १६९ देशका पर्यटकले अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट लिन सक्नेछन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.