-->
शशांक र खुमबहादुरले काँग्रेस मास्न खोजेको सुजाताको आरोप


काठमाण्डु, १४ चैत– काँग्रेस नेतृ सुजाता कोइरालाले जनताको आन्दोलनबाट प्राप्त राजनीतिक उपलिब्धमा पुनर्विचार हुन नसक्ने बताएकी छन् ।
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबाट पछि फर्कने विचार काँग्रेस मास्ने विचार भएको उनको भनाइ छ । ‘कसले के विचारले के के कुरा गरिरहेका छन् मलाई थाहा छैन’, नेपाल साप्ताहिकमा छापिएको अन्तर्वार्तामा सुजाताले भनेकी छन्, ‘जनताले ल्याएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षको कुरा गुमाउने भन्नु त काँग्रेस मास्ने कुरा हो ।’
महामन्त्री एवं बिपी पुत्र शशांक कोइराला र नेता खुमबहादुुर खड्का गणतन्त्र र धर्मनिरपेक्षतासहित पछिल्ला सबै परिवर्तनमा पुनर्विचार गर्नुपर्ने पक्षमा छन् । १३ औं महाधिवेशन अघि र पछि दुई नेताको मुखबाट त्यस्ता अभिव्यक्ति आइरहेका छन् ।
सुजाताले संविधानमा भएका त्रुटि सच्याउन सकिने तर, ब्याक हुन नसकिने प्रष्ट्याएकी छन् । शशांकले सार्वजनिक रुपमै राजतन्त्र परिवर्तनबारे पुनर्विचार गर्ने अभिव्यक्ति दिएकोबारे सुजातले भनिन्, ‘उहाँले भनेर हुन्छ ? काँग्रेसको केन्द्रीय समितिका कुन मान्छेले मान्छन् त्यस्तो कुरा ? शशांकजीले के सोचेर त्यस्तो भन्नुभयो ? मेरो भेट भएको छैन । कुरा हुन पाएको छैन । तर, अब राजतन्त्र फर्कन असम्भव छ । देश गणतन्त्र र संघीयताबाट बाहिर आउने कुरा गर्नु देशलाई अस्थिरतातिर धकेल्नु हो ।’
सुजाताले शशांकले राजतन्त्रको बाटो लिए उनको हालत पनि बिपीका जेष्ठ पुत्र प्रकाश कोइरालाको जस्तै हुने चेतावनीसमेत दिएकी छन् । राजा ज्ञोन्द्रको मन्त्री बनेका प्रकाश हाल काँग्रेस राजनीतिबाट बाहिर छन् ।
‘बिपीको छोरा भएर प्रकाश कोइरालाजी आज कहाँ हुनुहुन्छ ? प्रकाशजी पनि पपुलर मान्छे हो नि । उहाँले बीपीको विचार अगाडि बढाउन सक्नुभएन । गलत बाटो लिनुभयो । त्यसैले अहिले काँग्रेसभित्र उहाँको स्थान छैन । अब शशांकजीको पनि परीक्षाको समय हो । उहाँले सही बाटो लिनुभयो भने हामी सबैको सहयोग हुन्छ, लिनुभएन भने उहाँलाई नै गाह्रो पर्छ ।’
kathmandutoday


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.