चिन सरकारकाे अर्काे ठुलाे सहयाेग प्राप्त हुदै : नेपाली सेनालाई ५० करोड दिने
चैत्र १७,
काठमाण्डु / चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई नेपाली ५० करोड बराबरको सहयोग दिने भएको छ । नेपाली सेनाको क्षमता अभिवृद्धीका लागि चीनले सो सहयोग रकम दिन लागेको हो । सहयोग पत्रमा चीन भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्री र चिनियाँ समकक्षी फाङ फङहवैले हस्ताक्षर गरेका छन् ।
साथै चिनियाँ सेनाले अन्य विभिन्न सहयोगसमेत उपलब्ध गराउने भएको छ । क्षत्रीले चिनियाँ समकक्षी समक्ष नेपालमा गएको भूकम्पका क्रममा चिनियाँ सेनाले गरेको उद्धार कार्यको प्रशंसा गरेका थिए । – पुर्बेलीन्युज

0 comments
प्रतिक्रिया दिनुहोस्...