-->
प्रचण्ड र देउवालाई दिल्ली दरबारको निम्ता !

काठमाडौं, १६ चैत । सरकार परिवर्तनको हल्ला चलिरहेका बेला एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने हुनुभएको छ ।
एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड आगामी हप्ता दिल्ली जाने हुनुभएको हो । दिल्लीबाट आएको उच्चस्तरीय निम्ता मान्ने उहाँ त्यसतर्फ जान लाग्नुभएको बताइएको छ । तर प्रचण्डको सचिवालयले यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।
प्रचण्ड फर्किएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि दिल्ली जाने बताइएको छ । दिल्लीबाट उहाँलाई पनि भ्रमणको निम्ता आइसकेको स्रोतले जनाएको छ ।
सरकार परिवर्तनको हल्ला चलिरहेका बेला प्रचण्ड र देउवालाई दिल्लीबाट निम्ता आउनुलाई रहस्यमय मानिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.