एसिड हान्ने दुर्इ जना प्रहरी नियन्त्रणमा
दाङ, २९ फागुन । दाङमा महिलामाथि भएको एसिड प्रहार घटनाको अनुसन्धानलाई तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख कुवेर कडायतले घटनाको अनुसन्धानको सिलसिलामा दुइजनालाई पक्राउ गरीएको जानकारी दिनुभयो ।
घोराही २ गुलरियासिथत प्रहरी बोर्डिङ अगाडि किराना पसल गर्दै आएकी रीता चौधरीलाई दुई जना अपरिचित युवाले बिहीबार बेलुकी एसिड छ्यापेका थिए ।
पक्राउ परेका दुवै जनाको प्रहरीले नाम खुलाएको छैन् । पीडितको जाहेरीको आधारमा दुइ जनालाई पक्राउ गरीएको र अन्य ब्यक्तिहरुको नाममा पनि जाहेरी आएकाले प्रहरीको खोजी कार्य तिव्र पारीएको प्रहरी प्रमुख कडायतले बताउनुभयो ।
उहाँले घटनाका दोषिहरुलाई कडा भन्दा कडा कारवाही हुने भन्दै घटनाको अनुसन्धानका लागि छुट्टै प्रहरी टोली परीचालन गरीएको पनि जानकारी दिनुभयो । विहीवार दाङमा महिलामाथि भएको एसिड प्रहार घटनाको चौतर्फी विरोध पनि हुन थालेको छ ।
चुरोट किन्न भन्दै आएका दुईजनाले एसिड प्रहार गरेर भागेको प्रहरीले जनाएको छ । घाइते रीताले अस्पतालमा दिएको जानकारी अनुसार पसलमा बसिरहेको बेला मोटरसाइकलमा आएका दुई युवाले एसिड प्रहार गरि भागेका थिए । एसिड प्रहारवाट घाइते रिताको कानमा समस्या देखिएकाले कानको अप्रेसन गर्ने तयारी भइरहेको छ ।
पीडित रीताका श्रीमान विदेशमा छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...