-->
खतरनाक धन्दा कलवाइपास चलाउने महतो कलवाइपास गर्ने सामग्री सहित प्रहरी खोरमा !!!!


अनाधिकृत भिओआईपी गेटवे प्रयोग गरेर लामो समयदेखि कलवाइपास गर्ने बर्दिवास –२ का २४ वर्षीय जितेन्द्रकुमार महतोलाई कलवाइपास गर्ने सामग्री सहित प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान व्युरो , इलाका प्रहरी कार्यालय बर्दिवास र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले महतोलाई आईतबार पक्राउ गरेको एसपी जनक भट्टराईले बताए।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले लोकशेन ट्रेस गरेपछि इप्रका वर्दिवास र जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले बर्दिवास –२ स्थित महतोको घरमा र सितापुर भंगहा ९ मा छापामार्दा कलवाइपास गर्ने सामग्रीहरु बरामद भएको एसपी भटराईले बताए।
महतोलाई कलवाइपास गर्दा प्रयोग हुने १६ पोर्ट भिओआईपी मेसिन १ थान , टिपिलिंक राउटर २ थान , ल्यापटप कम्प्युटर १ थान , भिओआईपीमा प्रयोग गर्ने ८ पोर्ट सिम स्लोट २ थान , नेपाल टेलिकमको सिम १६ थान , स्मार्टसेलको १३ थान सिम , कालो रंगको वायर सहितको ऐन्टेना १० थान , स्टेवलाईजर १ थान , ईन्भटर एक थान , टुवलर ब्याट्री एक थान र सुकाम डिजिटल होम यु.पी.एस एक थान सहित सार्वजनिक गरिएको हो ।
बरामद भएको सामग्री आवश्यक अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरोमा पठाईने र पक्राउ परेका महतोलाई दुर संचार ऐन २०५३ वमोजिम कारावही प्रक्रिया अगाडी बढाइएको एसपी भट्टराईले बताए।
(news 24 nepal बाट )


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.