-->
बेलायती राजकुमार ह्यारीले विमानस्थलमै कसलाई हपारे ?

काठमाडौं, ६ चैत । नेपाल र बेलायत सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसर पारेर नेपाल भ्रमणमा आउनुभएका बेलायतका राजकुमार ह्यारीको काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले राजकुमार ह्यारीलाई विमानस्थलमा पुगेर स्वागत गर्नुभयो ।
बेलायती राजकुमारको नेपाल आगमनको दृश्य र फोटो लिन विमानस्थलमा पत्रकारहरुको भीड लागेको थियो । उहाँको फोटो लिन तँछाड् मछाडको स्थिति नै थियो ।
विमानस्थलबाट बाहिरिने क्रममा उहाँले पत्रकारहरुतर्फ फर्किएर अभिवादनसमेत गर्नुभयो । बेलायतबाटै कडा सुरक्षाबीच नेपाल आउनुभएका ह्यारीलाई अंगरक्षकले गाडितर्फ इसारा गरेपछि पत्रकारहरुलाई समाचार संकलन र फोटो खिच्न अप्ठ्यारो पर्ने गरी काम नगर्न भन्दै हपार्नु भएको थियो ।
उहाँले सुरक्षाकर्मीलाईसमेत दृश्य र फोटो संकलनमा पत्रकारहरुलाई अप्ठ्यारो नपार्न सुझाव दिनुभयो । गोर्खा सेनाप्रति निकै नजिक हुन खोज्ने र गोर्खा सेनाको गुणगान गाउने राजकुमार ह्यारी अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिरहनुभएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.