-->
सिरहामा यौनधन्दा चलाउने होटल संचालकसहित तीन जोडी रंगेहात पक्राउ

सिरहा–सिरहा गोलबजार नगरपालिका–४ स्थित मनोज होटलमा अनैतिक क्रियाकलापमा संलग्न तीन जोडी युवायुवती र होटल सञ्चालकलाई गोलबजार प्रहरीले रंगेहात पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा यौनधन्दामा संलग्न गोलबजार नपा–९ का ३२ वर्षीय रवि पण्डित, सर्लाही मलङ्गवा नपा–९ का ३४ वर्षीय रुद्रबहादुर सार्की र भारत विहार जयनगरका ३७ वर्षीय सिवाल सिंह पक्राउ परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार यौनधन्दा चलाउने होटल सञ्चालक गोलबजार नपा– ४ का राजु साहलाई पनि पक्राउ गरिएको छ ।

यस्तै यौनधन्दामा संलग्न सिरहाको लहान नपा–५ की १९ वर्षीया वविता महरा धनुषा बरमझिया–९ की ३० वर्षीया लच्छु खातुन सिन्धुली दुधौली–४ की २१ वर्षीया कल्पना भुजेल र होटल संचालक ३८ वर्षीया राजु साह रहेको गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताएका छन् । पक्राउ परेका सातै जनालाई जिल्ला अदालतमा म्याद थप गरी सार्वजनिक मुदा चलाईएको प्रहरी निरीक्षक निरौलाले बताएका छन् । राटोपाटी बाट।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.