पुनर्निर्माण प्राधिकरणका हाकिम पनि अख्तियारको फन्दामा, भ्रष्टाचारको आरोप
काठमाडौं, ७ चैत । एकपछि अर्काे गरी विशिष्ट व्यक्तिमाथि धमाधम छानविन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवाली पनि परेका छन् ।
उनीमाथि भ्रष्टाचारको अभियोगमा छानविन सुरु गरिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले बताए । उनले भने– ‘सीईओ ज्ञवालीविरुद्ध हामीसँग झण्डै एक दर्जन उजुरी आएका छन् । उजुरीकै आधारमा अनुसन्धान थाल्यौ । छानविन जारी छ ।’
यसअघि नगर विकास कोषमा कार्यकारी निर्देशक रहेका ज्ञवालीलाई ओली सरकारले दुई महिनाअघि मात्रै भूकम्प पीडित पुनर्निर्माण प्राधिकरणको सिईओ बनाएको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...