-->
संविधान रोक्न खोज्ने भारतीय विदेश सचिव फेरि नेपाल आए, के-के गर्दैछन् ?

काठमाडौं, २ चैत । संविधान निर्माण हुनैलाग्दा ‘बडे भैया’को शैलीमा नेपाल आएर रोक्न दबाब दिने भारतका विदेशमन्त्री एवं नरेन्द्र मोदीका दूत एश जयशंकर फेरि काठमाडौं आइपुगेका हुन् ।
पोखरामा सुरु हुनलागेको सार्कस्तरीय विदेश सचिवको बैठक सोमबार काठमाडौं ओर्लिएका जयशंकरले आज दिनभरी शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम तय भएको छ । केही नेतालाई उनले भेटिसकेका छन् ।
भेटमा उनले भारत सरकारको ताजा सन्देश सुनाएका छन् । जसमा मधेसीका माग सम्बोधन गर्न भनिएको र चीनसँग धेरै नजिक नहोउ भन्ने संकेत गरेको स्रोतले जनायो ।
भेटवार्ताका क्रममा उनले बिहानै मधेस केन्द्रीत दलका नेताहरुसँंग बत्तिसपुतलीस्थित एक होटलमा भेट गरेका छन् ।
त्यसैगरी जयशंकरले पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँंग उनको सानेपास्थित निवासमा भेट गरेका छन् । उसो त आइतबार बालुवाटार आयोजित सुझाव संकलन कार्यक्रममा बाबुरामले चीनसँग ज्यादा नजिक हुन ठिक नहुने सुझाव दिएका थिए ।
यसैगरी जयशंकरले बुढानिलकण्ठ पुगेर नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई पनि भेटेका छन् । देउवासँंगको भेटपछि साढे १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेटवार्ताको कार्यक्रम छ । पोखरामा भोली हुने सचिवस्तरीय बैठकमा सहभागी हुन जयशंकर मंगलबार साँझ पोखरा प्रस्थान गर्नेछन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.