हतियार भित्र्याउनेलाई जोगाउन सरकारी कर्मचारी हड्तालमा
काठमाडौं, २१ फागुन । राष्ट्रिय सुरक्षालाई असर पार्ने सामग्री भित्रिएको इन्टरपोलको सूचनाका आधारमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बुधबार छापा मारेपछि भन्सार कार्यालय र प्रहरीका अधिकारीबीच द्धन्द्ध बढेको छ ।
भन्सार क्षेत्रमा बिना अनुमति प्रहरी आउन नपाउने नियम मिचेर आतंक मच्चाएको भन्दै बिहीबार भन्सारका कर्मचारी हड्तालमै उत्रिए । नागरिक दैनिकले समाचार छापेको छ ।
राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा पूर्व जानकारी नगराएको भन्दै प्रहरी, भन्सार अधिकारीको भूमिकामातिथ नै अनुसन्धान गर्नुपर्ने पक्षमा छ ।
प्रहरीले भने भन्सारमा छापामार्न अनुमति लिनु नपर्ने बताएको छ ।
सिआइबीका डिआइजी नवराज सिलवालले यसलाई इस्यु बनाउन जरुरी नरहेको बताए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...