‘चीनसँग छाति खोलेर उर्जा, पारबाहन र व्यापार सम्झौता’
झापा, २६ फागुन । ओलीले आफ्नो चीन भ्रमणमा उर्जा, पारबहन, व्यापार लगायत सम्बृद्धि लगायत सबै विषयमा सम्झौता गर्ने बताउनुभयो ।
नेपाल भुपरिबेष्टित मुलुक भएकोले छिमेकी दुवै देशसँग व्यापार लगायतको विषयमा छाति खुल्ला गरि सम्झौता गर्न लागिपरेको बताउनु भएको हो ।
जिल्ला विकास समिति झापाको २४औ जिल्ला परिषदबाट स्वीकृत नीति, बजेट तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहलाइ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भारतसँग चिसिएको सम्बन्ध सुधार उन्मुख बन्दै गएको र भारत भ्रमणले हुलाकी मार्ग, बंगला बन्दरगाह लगायतका विषयमा काम धेरै अघि बढिसकेको र अब चीनसँग पनि यस्ता किसिमका सम्झौता गरिने धारणा राख्नुभयो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...