जम्मा ११ भोट मात्र नपुगेपछि शेरबहादुर देउवाले काँग्रेस सभापति बन्ने अवसर गुमाएका छन् । देउवाले झिनो मतले बहुमत ल्याउन नसकेपछि सभापतिमा फेरि चुनाव हुने भएको छ । सभापतिको पहिलो चरणको चुनावमा तेस्रो बनेका कृष्ण सिटौलाको मत भने अब निर्णायक हुनेछ । सिटौलाले जसलाई सहयोग गर्छन् उही सभापति हुने सम्भावना बलियो देखिएको छ ।
सभापतिका तीन प्रत्याशीमध्ये कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि अधिक मत ल्याउने दुई जनाबीच दोस्रो चरणको निर्वाचन हुने भएको हो । अव दोस्रो चरणमा रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीच प्रतिष्पर्धा हुनेछ ।
आइतबार भएको मतदानमा ३ हजार १४८ मत खसेको थियो । कांग्रेसको विधानमा सभापति हुन बुहमत (५० प्लस एक) आवश्यक पर्ने व्यवस्था भएकाले विजयी हुने १ हजार ५७५ मत चाहिन्थ्यो ।
तर, देउवाले १ हजार ५६४ मत ल्याए भने कार्यबाहक सभापति समेत रहेका पौडेलले १ हजार १५४ मत ल्याएका छन् । अर्का उम्मेदवार कृष्ण सिटौलाले भने ३२४ मत मात्र ल्याएका छन् ।१०७ मत भने बदर भएको छ । अब दोस्रो चरणको चुनावमा सिटौला उम्मेदवार हुने छैनन् ।
जो सभापतिको पहिलो चरणको चुनावमा तेस्रो बने उनकोनै मत भने अब निर्णायक हुनेछ । कृष्ण सिटौलाले जसलाई सहयोग गर्छन् उही सभापति हुने सम्भावना बलियो देखिएको छ । मतपरिणाम हेर्दा सिटौला नउठेको भए पौडेलले सजिलै रुपमा चुनाव जित्थे । सिटौलाको सहयोग पाएमा अब पौडेल पनि सभापति हुने सम्भावना बलियो छ । देउवालाई भने अब झनै अफ्टेरो स्तिथिको सामना गर्नु पर्ने भएको छ । र अन्तत: सिटौलाकै मत निर्णायक मत हुनेछ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...