काठमाडौं, २० फागुन ।
भारतीय जनता पार्टीका नेता भगतसिंह कुसीयरीले नेपाल र भारतबीचको सम्बन्धमा कुनै फरक नआएको बताए । नेपाली कांग्रेसको १३ महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले भने, ‘नेपाल र भारतबीचको सम्बन्धमा कुनै फरक छैन । म पहिले पनि आएको हुदाँ मलाई कुनै अनौठो लाग्दैन प्रचण्ड, ओली र गोली यहि छन् । यो पशुपतिनाथ, गोरखनाथ र लुम्बिनीको भूमि हो ।’उनले नेपाल देवभूमि, ज्ञानभूमि, पूण्यभूमि भएको बताए ।
नेपालका राजनीतिक दलले ठूलो परिश्रम गरी संविधान बनाएको भन्दै त्यसमा कुनै कमि कमजोरी भए सुधार गर्दै जान सकिने धारणा राखे । संविधाको विरोध गर्दै मधेशमा भएको आन्दोलन उल्लेख गर्दै कुसीयारीले भारतमा विभिन्न आन्दोलन चलिरहेको र आन्दोलन हुनु अस्वभाविक नभएको बताए ।
नेपालको मधेसमा भारतीय मुलका नेपाली छन् भन्ने भारतीयको धारणा रहने गरेको र त्यसको आफूले प्रतिवाद गर्ने गरेको खुलासा गरे । ‘म नेपाली ओरिजनको भारतीय हुँ भनेर उनीहरुलाई जवाफ दिन्छु’ उनले भने ।

0 comments
प्रतिक्रिया दिनुहोस्...