-->
सद्भावना पार्टीका नेताहरू विराटनगरमा भेला हुँदै, भावी रणनीति बनाउने

काठमाडौं, १२ चैत । तराई मधेसमा लामो समयदेखि आन्दोलन गर्दै आएको सद्भावना पार्टीले राष्ट्रिय कार्यकारिणीको बैठक आह्वान गरेको छ ।
सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार राष्ट्रिय कार्यकारिणीको बैठक चैतको १५ देखि १७ गतेसम्म विराटनगरमा हुनेछ ।
बैठकका क्रममा १७ गते सबै जनवर्गीय संगठनका अध्यक्षहरूसँग पनि मुलुकको समग्र राजनीतिक विषयमा सुझाव मागिनेछ ।
राष्ट्रिय कार्यकारिणीको बैठकका लागि सद्भावना पार्टीले जारी मधेस आन्दोलन, भावी कार्यदिशा, पार्टी संगठन, वर्गीय मञ्च सम्मेलन, राष्ट्रिय महाधिवेशनलगायतका एजेन्डा तय गरिएको छ ।
लामो समयदेखि महाधिवेशन गर्न नसकेको सद्भावना पार्टीले यस विषयमा ठोस निर्णय गर्ने जनाइएको छ । पार्टी स्थापना भएदेखि महतो पार्टीको अध्यक्षमा निरन्तर हुनुहुन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.