१५ चैत, काठमाडौं । सरकारले आगामी वैशाखको दोस्रो सातादेखि भूकम्प पीडितका लागि घर बनाउने काठ उपलब्ध गराउने भएको छ ।
सरकारले भूकम्प गएको वर्ष दिन पारेर वैशाख १२ बाट काठ दिने तयारी गरेको छ । पीडितहरुलाई काठको रोयल्टी दरमा ९० प्रतिशत छुट दिने निर्णय मन्त्रालयले गरिसकेको छ ।
काठको ढुवानी खर्च भने पीडितले नै बेहोनुपर्ने मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए । ‘भूकम्प पीडितलाई काठ उपलब्ध गराउन मन्त्रालयले ढिलाइ गर्ने छैन’ प्रवक्ता आचार्यले भने ।
तर, मन्त्रालयले यस विषयमा औपचारिक निर्णय भने गरिसकेको छैन । वनमन्त्री अग्नि सापकोटाले वैशाख १२ गतेदेखि पीडितलाई सहुलिय दरमा काठ उपलब्ध गराउन तयारी थाल्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिइसकेका छन् ।
सरकारले भस्कम्पपीडितको घर बनाउनका लागि दोलखाबाट रकम वितरण थालेपनि गाविस सचिवहरुले त्यसमा असहयोग गरेका छन् । घर बनाउने अनुदान रकम वितरणको अन्यौलमा वन मन्त्रालयले काठ उपलब्ध गराउने व्यवस्था गर्न ढिलाइ गरेको छ ।
तर, घर बनाउन सुरु नै नभएकाले काठ वितरणमा ढिलाइ भएको भन्ने मान्न मन्त्रालय तयर छैन ।सरकारले काठको रोयल्टीमा ९० प्रतिशत छुट दिने भएपनि ढुवानी खर्च नबेहोर्ने हुँदा विपन्न परिवार भने प्रभावित हुने देखिएको छ ।
अनलाइनखबरबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...