-->
नेपाली भुमि फिर्ता माग्दै ह्यारीलाई ग्रेटर नेपालको नक्सा उपहार

काठमाडौं, १० चैत । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीलाई भारतमा रहेको नेपाली भुभाग फिर्ता गर्नमा पहल गर्न ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले माग गरेको छ ।
गुमेको भुमि फिर्ता माग्दै मोर्चाले बुधबार लैनचौरस्थित बेलायती दूतावासमा पुगेर सुगौली सन्धिपूर्वको विशाल नेपालको नक्शा ‘उपहार’ दिएको हो ।
बेलायती दूतावासकी डेपुटी हेड अफ मिसन एलिसन एमसी एवनलाई मोर्चाको प्रतिनिधिमण्डलले १० बुँदे ज्ञापनपत्रसहित ग्रेटर नेपालको नक्सा हस्तान्तरण गरेको थियो ।
नक्साप्रति एलिसनले जिज्ञासा राखेपछि मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले नेपालको करिब ६० हजार वर्ग कि.मि. भूभाग बेलायतले नेपाललाई फिर्ता नगरी भारतमै छोडेर गएकाले सो भूभाग फिर्ता गर्नु बेलायतको नैतिक दायित्व भएको बताए ।
डेपुटी हेड अफ मिसन एलिसनले ज्ञापनपत्रमा उठाइएको विषयमा बेलायतको उच्च सरकारी तहले मात्र निर्णय दिन सक्ने जवाफ दिएकी थिइन् । उनले एलिसनले यो उपहार राजकुमारलाई आजै उपलब्ध गराइदिने प्रतिवद्धता व्यक्त गरिन् ।
मोर्चाले भारतसँग भएका असमान सन्चि खारेजीको माग गर्दै आएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.