-->
एघार मतले सभापति बन्न चुके शेरबहादुर


कांग्रेस सभापतिको निर्वाचन फेरि आज
काठमाडौंः शेरबहादुर देउवा ११ मतले कांग्रेसको सभापति बन्न चुकेका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा ५१ प्रतिशत पुर्याउन १५७५ मत ल्याउनुपर्नेमा उनको पक्षमा १५६४ मत झरेको थियो ।
देउवा ५१ प्रतिशत ल्याउन असफल भएपछि नेपाली कांग्रेसको सभापति पदको पुन निर्वाचन सोमबार हुने भएको छ ।
आइतबार भएको निर्वाचनमा सभापतिका प्रत्याशी शेरबहादुर देउवालाई ११ मत नपुग्दा पराजित भएका हुन् । देउवाले सो पदमा जित्नका लागि एक हजार पाँच सय ७५ मत आवश्यक पर्नेमा एक हजार पाँच सय ६४ मत ल्याए ।
११ मत देउवाको पक्षमा नपुग्दा पुन सोमबार निर्वाचन हुने भएको हो । पार्टीका कार्यवहाक सभापति रामचन्द्र पौडेलले एक हजार एक सय ५२ मत र महामन्त्री कृष्णप्रसाद सिटौलाले तीन सय २४ मत ल्याए ।
देउवालाई सभापति पदमा जित्नका लागि ११ मत पुगेन । खसेको कूल तीन हजार एक सय ४८ मत मध्ये करीब एक सय आठ मत बदर भएको छ ।
सभापतिका प्रत्याशी तीनैजना उम्मेदवारले पार्टीको विधान अनुसार कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउन नसकेको हुँदा सोमबार पुन निर्वाचन हुने भएको छ ।
सोमबारको निर्वाचनमा देउवा र पौडेलबीच प्रतिस्पर्धा हुने छ । पहिलो चरणको निर्वाचनको रिङबाट सिटौला बाहिरिएका छन् ।
कांग्रेसको विधान अनुसार कुल महाधिवेशन प्रतिनिधि तीन हजार एक सय ६३ महाधिवेशन प्रतिनिधिमध्ये आइतबारको निर्वाचनमा तीन जार एक सय ४८ जनाले मतदान गरेका थिए ।
विधान अनुसार तीन हजार एक सय ४८ खसेको मतको ५१ प्रतिशत भन्नाले एक हजार पाँच सय ७५ मत चाहिनेमा सो अनुसार देउवाले मत प्राप्त गर्न सकेनन् ।
सोमबार हुने सभापतिको निर्वाचनमा जित्नका लागि देउवाले सभापति पदमा तेस्रो स्थान हासिल गरेको महामन्त्री कृष्णप्रसाद सिटौलाको सहयोग र समर्थन आवश्यक पर्ने भएको छ ।
देउवालाई सघाउन सिटौलाले आफ्नो राजनीतिक भविष्य निर्धारण गर्न संसदीय दलको नेतासम्मको माग गर्न सक्ने छन् ।
सभापति पदमा दोस्रो स्थान ल्याएका पौडेल र महामन्त्री सिटौलाबीच गत साता एकै प्यानलमा उम्मेदवारी दिने उद्देश्यका वार्ता भएको थियो ।
सो वार्तामा सिटौलाले संसदीय दलको नेता आफुलाई दिएमा सभापति पदमा सघाउने संकेत दिएको स्रोत बताउँछ ।सभापतिका अर्का प्रत्याशी कार्यवाहक सभापति पौडेलले पनि आफु जित्नका लागि सिटौलासँग विशेष राजनीतिक सहमति गर्ने स्रोत बताउँछ ।
यसअघि कांग्रेसको १२ औं महाधिवशेनमा पनि तीनजाना सभापतिका लागि उम्मेदवार भएका थिए । त्यतिबेला पहिलो चरणमा सभापति सुशील कोइरालाले एक हजार ६ सय ५२ मत ल्याई बिजयी भएका थिए ।
देउवाले एक हजार तीन सय १७ र भीमबहादुर तामाङले ७८ मत ल्याएका थिए । सभापतिका प्रत्याशी देउवा मत गणनाको सुरुवातदेखि अग्रता लिए पनि मत गणनाको पछिल्लो चरणमा घट्दै गयो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.